Like us!
Follow us!
Connect us!
Watch us!

यी दुई लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, ०६ : ३७ मा प्रकाशित

यी दुई लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

अर्थ संसार, काठमाडौं - सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

यी दुवै संस्थाको आ-आफ्नो विशेष साधारणसभाबाट पारित विशेष प्रस्ताव बमोजिम २०७७ असार २४ गते दुवै वित्तीय सस्ण्ठ आपसमा गाभ्ने/गाभिने विषयमा अन्तिम सम्झौता सम्पन्न भएको थियो ।

उक्त सम्झौता बमोजिम नेपाल राष्ट्र बैंकको भदौ ७ गतेको पत्रबाट नयाँ नेपाल लघुवित वित्तीय संस्था सारथी लघुवित्त वित्तीय संस्थामा गाभिने भई उक्त संस्थाको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व तथा अन्य सम्भावित दायित्वहरु गाभे पश्चात सारथी लघुवित्तले बेहोर्ने भएको छ ।

यी दुवै संस्थालले आपसमा गाभिएपश्चात 'सारथी नेपाल लघुवित्त वितीय संस्था लिमिटेड' नामबाट एकीकृत कारोबार गर्नेछन् संस्थाको एकीकृत कारोबार असोज ५ गते सोमबारदेखि हुनेछ । 

संस्थाले जारी गरेको सूचना हेर्नुहोस्:-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको