Like us!
Follow us!
Connect us!
Watch us!

सहारा विकास बैंकको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, ०७ : ४४ मा प्रकाशित

सहारा विकास बैंकको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

अर्थ संसार, काठमाडौँ - सहारा विकास बैंक लिमिटेडले लिलामी मार्फत बिक्री गरेकाे संस्थापक शेयरमा परेका बाेलपत्रहरू आज (भदौ ३० गते, मंगलबार) खोल्ने  भएकाे छ ।

राष्ट्र बैंकबात इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशिका २०७६ को निर्देशन तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को निर्देशन नं. १५ समेतको प्रावधानलाई आधार मानी उक्त शेयर बोलकबोल विक्री गर्न साउन  ३० गते शुक्रबारदेखि भाद्र २३ गते मंगलबारसम्म आवेदन माग गरिएको थियो ।

सो अवधिभित्र प्राप्त भएका बाेलपत्रहरू आज दिउँसाे २:३० बजे बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा खाेलिनेछ । 

कोराेना भाइरस काेभिड १९ को संक्रमण हुने जोखिमका कारण आवेदकलाई सहभागी गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले फेसबुक लाइभ मार्फत बोलपत्र खोलिने निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

बैंकले संस्थापक समूहकाे ९ लाख २१ हजार १ सय ४८ दशमलव ७०  कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गरेकाे थियाे ।

बैंकले जारी गरेको सूचना यस्तो छ : 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको