Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको नेप्से र कारोबार रकममा ब्रेक !

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १५ : १२ मा प्रकाशित

शेयर बजारको नेप्से र कारोबार रकममा ब्रेक !

अर्थ संसार, काठमाडौं–  आज (मंगलबार) धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले ओरालो यात्रा तय गरेको छ ।

आज नेप्से ४.४७ अंकले घटेर १ हजार ५३६.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५९ अंकले घटेर ३०४.६५ मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीकाे ५३ लाख ८३ हजार ५ सय ५४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६९ करोड २ हजार ९४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

सोमबार शेयर बजारमा ३ अर्ब १३ करोड ४१ लाख ३५ हजार ९ सय ८ रुपैयाँको कारोबार भएको थियो ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

हेरौं आजकाे शेयर तालिका :

नाफा बढ्ने कम्पनीहरु 

नाफा घट्ने कम्पनीहरु 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको