Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले सुरु गर्यो 'स्क्यान एण्ड विथ ड्र' सेवा

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १५ : ३६ मा प्रकाशित

सिटिजन्स बैंकले सुरु गर्यो 'स्क्यान एण्ड विथ ड्र' सेवा

अर्थ संसार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले 'स्क्यान एण्ड विथ ड्र' सेवाको सुरुवात गरेको छ ।

यो सेवाको सुरु भएसँगै अब ग्राहकहरुले चेकको प्रयोगबिना नै आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।

बैंकका अनुसार यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गरिएको छ । यस सेवालाई देशभरका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए । 

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ यो सेवा सुरु गरिएको बैंकले जनाएको छ । 

बैंकले देशभर ११० वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई सेवाहरु प्रदान गर्दै आएको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको