Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओको भन्दा कम मूल्यमा शेयर उठाउने मौका  ! हाइड्रोको शेयरमा लगानीकर्ता किन आकर्षित ?

बुधबार, ३१ भदौ २०७७, १६ : ०६ मा प्रकाशित

आइपिओको भन्दा कम मूल्यमा शेयर उठाउने मौका  ! हाइड्रोको शेयरमा लगानीकर्ता किन आकर्षित ?

अर्थ संसार, काठमाडौं-पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ता जलविद्युत कम्पनीको शेयरप्रति आकर्षित भएका छन् । केहिदिन अघिदेखि जलविद्युत कम्पनीको शेयर मूल्य दोस्रो बजारमा विस्तारै बढ्दै गएको छ ।  

अंकित मूल्यभन्दा कम मूल्य भएको जलविद्युत कम्पनीको शेयर किन्न लगानीकर्ता अतिखेर होडबाजी चलेको छ । शेयर किन्न होडबाजी चलेसँगै दोस्रो बजारमा जलविद्युत कम्पनीको शेयर अंकित मूल्य पनि  बढ्न थालेको हो ।  नेप्सेमा अहिले ३३ वटा जलविद्युत कम्पनी सूचिकृत भएका छन् ।

विस्तारै शेयर बजारले गति लिन थालेपछि लगानीकर्ताले सस्तो मूल्यको कम्पनीको शेयर उठाएसँगै अहिले अधिकांश जलविद्युत कम्पनीको शेयर मूल्य बढेर अंकित मूल्य अर्थात एक सय रपैयाँ अलि माथि पुगेको छ ।

जसमा  ७ वटा कम्पनीको शेयर मूल्य अझै अंकित मूल्य भन्दा कम रहेका छन् । त्यसै गरी २० वटा कम्पनीको शेयर मूल्य १ सयदेखि २ सयको बिचमा रहेको छ बाँकी ८ वटा कम्पनीको शेयर मूल्य  २ सय भन्दा माथि छ । सवै भन्दा धेरै चिलिमे  हाइड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता ४ सय ७९ रुपैयाँ रहेको छ । 

कुन हाइड्रोपावर कम्पनीको मूल्य कति ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको