Like us!
Follow us!
Connect us!
Watch us!

वर्ल्डलिंकले आइपिओ निष्काशन गर्ने

अर्थ संसार

बुधबार, ३१ भदौ २०७७, १७ : ५६ मा प्रकाशित

वर्ल्डलिंकले आइपिओ निष्काशन गर्ने

अर्थ संसार, काठमाडौं –देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडलेले सर्वसाधारणको लागि सर्वसाधारण शेयर (आइपिओ ) निष्काशन गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक दिलिप अग्रवालले आइपीओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिए । अग्रवालले ३ वर्षपछि आइपीओ जारी गर्नका लागि अहिले तयारी गरिरहेको बताए ।

‘आइपीओ जारी गर्नका लागि हामीलाई पब्लिक लिमिटेडमा जानुपर्ने थियो, त्यो गत वर्ष पूरा भइसकेको छ,’ उनले भने, ‘अबको ३ वर्षमा हामीले आइपीओ जारी गर्छौ, यसमा हामी अहिले तयारी गरिरहेका छौं ।’

उनले तत्कालिन समयमा बजारको अवस्था हेरेर ३ वर्षमा जान सकिन्छ भन्ने आधारमा आफूहरुले अहिले तयारी गरिरहेको जानकारी दिए ।

ध्ययनका लागि अमेरिकामा रहेका दिलिप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पुरा गर्न सेवाको थालनी गरेका थिए । अहिले एफटीटीएच प्रविधि सहित वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ । 

नेपालमा प्रयोग हुने कूल इन्टरनेट ब्याण्डविथमध्ये ४३ प्रतिशत ब्याण्डविथ वर्ल्डलिङ्कबाट नै खपत भइरहेको छ । कम्पनीका अध्यक्ष अग्रवालले हरेक तीन जना प्रयोगकर्तामा एक जना प्रयोगकर्ता वर्ल्डलिङ्कको हुनु आफ्ना लागि गर्वको विषय भएको बताए । कम्पनीले ३५ सयभन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको
छ । 

कम्पनीले अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ । वर्ल्डलिङ्क नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनीको हो । हाल चार लाख घरायसीका साथै दश हजार कर्पोरेट तथा सरकारी ग्राहक छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको