Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेसले ल्यायो “सिटी एक्स्प्रेस गलबन्दी टिकटक च्यालेन्ज”, कसरी सहभागी हुने ?

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, १० : २० मा प्रकाशित

सिटी एक्सप्रेसले ल्यायो “सिटी एक्स्प्रेस गलबन्दी टिकटक च्यालेन्ज”, कसरी सहभागी हुने ?

अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेसमनी ट्रान्स्फरले देश विदेशमा रहेका टिक–टक प्रयोगकर्ताहरूका लागी “सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज” को आयोजना गरेको छ ।

लोकप्रिय गायक प्रकाश सपुतको चर्चित गीत “गल्बन्दी” को मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै "सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज"को आयोजना गरेको हो । 

यो प्रतियोगितामा सहभागी हुने मध्ये प्रथम, द्वितिय र तृतिय उत्कृष्ट भिडियोले क्रमश: १५ हजार रूपैयाँ, १० हजार रूपैयाँ र ५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५ सय रूपैयाँ बराबरको मोबाईल टप अप प्रदान गरिनेछ ।

कसरी सहभागी हुने ? 
टिक–टक प्रयोगकर्ताहरूले टिकटकमा गइ सिटी एक्सप्रेस(cityexpressmoneytranfer)को अफिसियल टिकटक अकाउन्ट सर्च गर्ने र त्यहाँ रहेको गलबन्दी गीतको भिडियोमा गई आफ्नो भिडियो बनाउन सक्नेछन् । भिडियो लिंक हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सो भिडियो असोज १४ गते सम्म पोस्ट गरी सक्नुपर्नेछ ।  जसकाे नतिजा असोज २० गते प्रकाशन हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको