Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको संस्थापक शेयर बिक्री खुल्ला !

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १० : ०८ मा प्रकाशित

एनसीसी बैंकको संस्थापक शेयर बिक्री  खुल्ला !

अर्थ संसार,  काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) बिक्री गर्न लागेकाे संस्थापक समूहकाे शेयर आज (आश्विन २ गते, शुक्रबार) बाट खुल्ला गरेको छ । 
नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे एनसीसी बैंककाे ५ लाख कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री गर्न लागिएकाे हाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आज (आश्विन २ गते, शुक्रबार) बाट कार्तिक ६ गतेसम्म न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्तामा लागि भने कुनै हद ताेकिएकाे छैन । 

आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरि कात्तिक ६ गतेभित्र आवेदन पेश गरिसक्नु पर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको