Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकम संविधान दिवस अफर:  यस्ता छन् अनलिमिटेड सुविधा !

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १४ : ०७ मा प्रकाशित

नेपाल टेलिकम संविधान दिवस अफर:  यस्ता छन् अनलिमिटेड सुविधा !

अर्थ संसार, काठमाडौं - नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराउने भएको छ ।

कम्पनीका अनुसार असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ प्रति प्याकमा रुपैयाँमा खरिद गर्न सकिनेछ । उक्त प्याक खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । यो अफर सुचारु गर्न *१४१५# डायल गरी ११ टाइप गरी सेन्ड गर्नुपर्ने हुन्छ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४ दशमलव ७ प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ । सो अनुसार यो प्याक असोज २, ३ र ४ गते ५५५ रुपैयाँमा उपलब्ध हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको