Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरको हल्ला, नेप्सेले माग्यो सिभिलसँग यस्तो जवाफ !

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, १५ : २३ मा प्रकाशित

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरको हल्ला, नेप्सेले माग्यो सिभिलसँग यस्तो जवाफ !

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिभिल बैंक लिमिटेडसँग लिखित जवाफ माग गरेको छ । 

नेप्सेले बैंकले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएकाे बताउँदै त्यसकाे बारेमा जवाफ पेश गर्न निर्देशन दिएकाे हाे ।

नेप्सेले भोलि (भदौ ५ सोमबार) बजार खुल्नु भन्दा अगाडी नै लिखित जवाफ पठाउन बैंकलाई निर्देशन दिएको छ ।

धितोपत्र सूचीकरण विनियमावली,२०७५ को विनियम २२ को (च) बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मुल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने’ भन्ने व्यवस्था रहेको नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

5f672a8f5099a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको