Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, १७ : ०३ मा प्रकाशित

एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले बैंकिङ्ग इतिहासमै पहिलो पटक ग्राहकहरुले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको सुरुवात गरेको छ । 

बैंकका अनुसार ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत https://www.iserve.nicasiabank.com लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन् । 

उक्त लिंक भित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस (SMS) मार्फत डिपोजिट कोड पठाईनेछ र त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई ग्राहकले बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफुले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सक्नेछन् । 

यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदानगरिएको छ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ । 

बैंकलव देशभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको