Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले आजैबाट लागु हुनेगरी ल्यायो यस्तो अफर, कसरी सुचारु गर्ने ? हेर्नुहोस्

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १४ : ३५ मा प्रकाशित

एनसेलले आजैबाट लागु हुनेगरी ल्यायो यस्तो अफर, कसरी सुचारु गर्ने ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुलाई आकर्षक योजना ल्याएको छ । 

अब एनसेलका ग्राहकहरुले सामाजिक सञ्जाल टिकटक र फेसबुकको ननस्टप मज्जा लिन सक्छन्। एनसेलले आफ्ना ग्राहकका लागि ननस्टप अफरहरुअन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा १ दिन र ३० दिनको आकर्षक योजना ल्याएको हो। 

‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु आज बुधबार (असोज ७) देखि सञ्चालनमा आएका छन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार १ दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मज्जा लिन सक्छन् । ग्राहकले मात्र रु. २५ (करसहित रु ३१.९२) मा १ दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन्।

त्यस्तै ग्राहकले मात्र रु. ३६० (करसहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफूले लिएको प्याकको समयसीमा बाँकी रहेसम्म ननस्टप रुपमा यसको फाइदा लिन सक्छन्। यतिमात्र नभई यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन्। 

एनसेलको फोरजी सेवा लिएका ग्राहकले *१७१२३*१# डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशनअनुसार ननस्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन्। ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै– खल्ती, युनी पे, इसेवा वा प्रभु पेमार्फत आफूलाई मनपर्ने प्याक सुचारु गर्न सक्ने कंपनीले जनाएको छ । 

ननस्टप अफरअन्तर्गत लोकप्रिय एपमा आधारित भई ल्याइएका यी नयाँ आकर्षक प्याकहरुले फोरजी ग्राहकलाई सुलभ दरमा उनीहरुको प्राथमिकतामा रहेका सामाजिक सञ्जालमा ननस्टप पहुँच प्रदान गर्ने भएकाले ग्राहकका लागि यसले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ। 

ननस्टप अफरहरुअन्तर्गत एनसेलले सात दिनको समयसीमा रहेको ननस्टप टिकटक, फेसबुक वा युट्युब प्याकमात्र रु. १०० (करसहित रु  १२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक रु. १५० (करसहित रु १९१.५४) मा प्रदान गर्दै आएको छ। यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसका रुपमा पाउँदै आएका छन्। 

साथै ७ दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ। यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र रु. २० (करसहितमात्र २५.५४) मा ३५०० एमबी थप फोरजी डेटा लिन सक्छन्। उक्त डेटा ग्राहकले टिकटक, फेसबुकवा युट्युब चलाउनका लागि प्रयोग गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको