Like us!
Follow us!
Connect us!
Watch us!

ओपो एफ१७प्रो नेपालमा सार्वजनिक हुँदै, के-के छन् विशेषता ? हेर्नुहोस्

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, १२ : ५३ मा प्रकाशित

ओपो एफ१७प्रो नेपालमा सार्वजनिक हुँदै, के-के छन् विशेषता ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च ईभेन्ट मार्फत एफ१७प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

लाइभलञ्च ईभेन्टमा नेपाली चलचित्रजगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुपबिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिती रहनेछ ।

लामो समयदेखि कम्पनीले एफसिरिज मार्फत उपभोक्तालाई स्टेट(अफ(आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा एफसिरिजलाई उपभोक्ताहरुले सुरुवातीदिनदेखि नै औधि रुचाइरहेका छन् । अग्रगामी सोच सहितका डिजाइन मार्फत ओपोले उपभोक्तालाई प्रविधिमार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभवप्रदानगर्नेतिर केन्द्रित रहँदै आइरहेको छ । एफ१७सिरिज मार्फत यसलाई निरन्तरतादिँदै विशेषगरी ट्रेण्डसेटर्स यूवाहरुकालागिएफसिरिजको नयाँ समिकरण ओपो एफ१७प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३०वाट भोक फ्ल्याशचार्ज ४.०का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवलमिनी डुअल पञ्चहोल डिस्प्ले र नवप्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध गरिएको छ ।

क्यामेराः
एफ१७प्रोमा ६ एआई पोट्रेट फञ्सन्स र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरिय बनाउन सघाउँछ । यसको एआई पावर्ड प्रोफेशनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवलप्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता समेत प्रदान गर्छ ।

अल्ट्रा स्लिकफोनः
ओपो एफ१७प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवलमिनी डुअल पञ्चहोल डिस्प्लेका साथमाआउने यो फोनमानवप्रबर्तनात्मकशाइनी म्याट रंगहरुको प्रयोग गरिएको छ । मोटाई जम्मा७.४८ ग्राम सहितको ओपो एफ१७प्रोको वजन १६४ ग्राम रहेको छ । २२० डिग्री राउण्डेड एड्ज सहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा फोन बोक्दा स्मूथ र आरामदायी अनुभव हुन्छ ।

डिस्प्लेः
एफ१७प्रोको डिस्प्ले २०.९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ ईञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्चहोल्स रहेको यो फोनमा ९०.७% स्क्रिन टू बडी रेसियो छ ।
३०वाटभोक फ्ल्याशचार्ज ४.० एफ१७प्रोमाकम्पनीले मात्र ५३ मिनेट भित्र पूर्ण चार्ज हुने क्षमता सहितको ३०वाट भोक फ्ल्याशचार्ज ४.० उपलब्ध गराएको छ । यो प्रविधि बाट चार्जिङ मात्रतिब्र गतिमाहुने नभइचार्जिङको समयमाफोन तात्ने समस्यापनिन्यूनिकरण ल्याउँछ । यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४% चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टा सम्मको टक टाइम पनि उपलब्ध गराउँछ ।

टप फोन मेटेरियल ट्रेण्ड
ओपो एफ१७प्रोको निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक शाइनी म्याट रंगको प्रयोग गरिएको छ ।फिंगरप्रिन्टको समस्या समाधानगर्दै फिंगरप्रिन्ट पु्रफफिनिशदिँदै फोनलाई उच्च कोटीको प्रिमियम ईफेक्ट दिनयसमानयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरि पृथकशाइनी म्याट कलरको प्रयोग गरिएको छ । उपभोक्ताको ब्यक्तित्वतथा स्टाइल झल्काउन रंगले ठूलो भूमिका खेल्छ भन्ने ओपोको विश्वास छ । यही कुरालाई दृष्टिगत गर्दै एफ१७प्रो कम्पनीले दूई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिकब्ल्यू रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको