Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको बाेलपत्र बिहिबार खोलिने

अर्थ संसार

बुधबार, २८ असोज २०७७, ०७ : ४३ मा प्रकाशित

मेगा बैंकको बाेलपत्र बिहिबार खोलिने

अर्थ संसार, काठमाडौं - मेगा बैंक लिमिटेडले असोज ११ गतेदेखि बिक्री खुल्ला गरेकाे लिलामी शेयरमा प्राप्त भएकाे बाेलपत्रहरू भोलि (असोज २९ गते बिहिबार) खुल्ला गर्ने भएकाे छ । 

उक्त बाेलपत्रहरू भोलि बिहान १० बजे बिक्री प्रबन्धक मेघा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वर, काठमाडौंमा अनलाइन प्रणालीबाट लाइभ प्रसारण खाेलिनेछ । 

बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको थियो ।

उक्त शेयर गत असोज ११ गतेदेखि असोज १८ गतेसम्म बिक्री खुला गरिएकोमा शेयरमा प्राप्त भएकाे बाेलपत्रहरू भोलि खुल्ला गर्न लागिएको हो ।


बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता शेयर बोलकबोलमार्फत बिक्रीका खुल्ला गरेको थियो ।

बैंकले​ प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको