Like us!
Follow us!
Connect us!
Watch us!

मोरङमा सर्वपक्षीय सद्भाव बैठक सम्पन्न : सामाजिक सद्भाव कायम राख्न अपिल

अर्थ संसार

विहीबार, १४ साउन २०८३, १९ : ४७ मा प्रकाशित

मोरङमा सर्वपक्षीय सद्भाव बैठक सम्पन्न : सामाजिक सद्भाव कायम राख्न अपिल

देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिका विषयमा मोरङमा सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ । बैठकमा सहभागीहरुले जिल्लामा कुनै पनि किसिमको धार्मिक सद्भाव भड्कन नदिन सम्पूर्ण पक्षले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक सङ्घ-संस्था, सञ्चारकर्मीको सहभागिता रहेको थियो । यस्तै बैठक पछि नागरिकलाई धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने र हिंसा भड्काउने खालका अभिव्यक्ति नदिन अपिल गरिएको छ।

साथै, यस्ता विषयसँग सम्बन्धित कुनै पनि भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा पोस्ट तथा शेयर नगर्नसमेत आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी युवराज कटेलको आव्हानमा बसेको बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यस्तै विराटनगर महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको प्रभावकारी र शीघ्र उपचारका लागि अस्पताल प्रशासनसँग आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको