अर्थ संसार, काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको केहि संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
संस्थाले शेयरधनीको नाममा रहेको ३३८ कित्ता शेयर न्युनतम ९ सय रुपैयाँका दरले बिक्री गर्न लागेको हो । उक्त शेयर खरिदका लागि विद्यामान संस्थापक शेयरधनीहरुको कुनैपनि आवेदन नपरेकोले प्रचलित कानून बमोजिम उक्त शेयरमा अन्य व्यक्ति/संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिद गर्न चाहने अन्य व्यक्ति/संस्थाहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस