राष्ट्रका नाममा सम्बोधन गरे लगतै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । सुनसरी घटनाका कारण तराई मधेशमा अशान्ति बढेपछि बिहीबार राष्ट्रका नाममा समेत सम्बोधन गरेका शाह राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेट्न गएका हुन् ।
पछिल्लो समय तराई मधेशमा भएको तनावका विषयमा राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति पौडैललाई भेट्न शितल निवास पुगेका हुन् । प्रधानमन्त्री भएपछि उनी अहिले सम्म राष्ट्रपतिलाई शिष्टाचार भेट गर्न गएका थिएनन् । राष्ट्रपतिलाई समेत नभेटेकोमा उनको निकै आलोचना भइरहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस