Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाडौं र हिमालयनले उठाउने भए डुबेको डेढ अर्ब, चीनको अदालतले गर्यो पक्षमा फैसला

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०७७, १४ : ५२ मा प्रकाशित

बैंक अफ काठमाडौं र हिमालयनले उठाउने भए डुबेको डेढ अर्ब, चीनको अदालतले गर्यो पक्षमा फैसला

 बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बसेर फिर्ता नपाएको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता दिन चिनको अदालतले आदेश दिएको छ । 
 
हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट कोर्टले रकम चाइना कन्स्ट्रक्सन बैंकलाइ नेपालका दुइ बैंकको काउन्टर ग्यारेन्टी बापतको उक्त रकम फिर्ता गर्न आदेश दिएको हो।  

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत हिमालयन र बिओकेबाट ग्यारेन्टी रकम लिएको थियो । ठेकेदार कम्पनी काम छाडेर हिँडेपछि उसले रकम फिर्ता नगर्ने प्रपञ्च रचेको थियो । ठेकेदार कम्पनीले नेपालका बैंकहरुले फ्रड गरेको आरोप लगाउँदै झेङझाओ कोर्टमा फिराद गरेको थियो । त्यस अदालतले ठेकेदारकै पक्षमा फैसला गरेको थियो। झेङझाओ कोर्टको आदेश विरूद्ध नेपालका बैंकहरुले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

अदालतको आदेशपछि रकम फिर्ता दिन चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गर्ने तयारी गरेको बैंक अफ काठमाण्डूले जनाएको छ । बैंकले फैसलाको जानकारी आजै पाएको बैंकले बताएको छ । 

काउन्टर ग्यारेन्टीमा बिओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर ९करिव ७८ करोड ८३ लाख० र हिमालयन बैंकले करिब ६२ करोड रुपैयाँको ग्यारेन्टी दिएका थिए । 

उच्च अदालतको आदेशविरूद्ध ठेकेदार कम्पनी त्यसमाथिको उच्च अदालत जान सक्नेछ। ठूलो रकम फसेकाले दुवै बैंकको बासलात समेत प्रभावित भएको थियो  । फसेको रकम फिर्ता भए दुवै बैंकहरूलाइ कोरोनाको समयमा निकै राहत हुने छ ।

लगानी गरेका ६८ कम्पनी डुबे, म सधैं नाफामाः पुराना सेयर खेलाडी डमरूबल्लभकाे अनुभव । Damaru Ghimire

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको