Like us!
Follow us!
Connect us!
Watch us!

महिला उद्यमी कमला भन्छिन् , "हातमा सीप छ भने कुनै महिलाले हिंसा सहनुपर्दैन"

कथा प्रेरणाको

शनिबार, १३ मंसिर २०७७, १८ : ३१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - जीवन संघर्षशील छ र कुनैपनि सफलता प्राप्त गर्न लागि मानिसले हरेक पाइलामा संघर्ष गर्नुपर्ने हुन्छ । त्यसमाथि महिलाहरुले त अझै बढी चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।  महिला उद्यमी कमला सुवेदीले पनि सफलता प्राप्त गर्नको लागि जीवनका  यात्राहरुमा  धेरै संघर्ष गर्नुपर्यो  ।   सिर्जनशील  किस्टल हस्तकला उद्योगकी प्रोपाइटर तथा ट्रेनर समेत रहेकी उनले आज २५ हजार महिलाहरुलाई रोजगारी समेत प्रदान गरिसकेकी छिन्  ।

जीवनमा आइपरेका अनेकौं समस्याहरुसँग लड्दै  केहि गर्नुपर्छ, नारीहरु चुलो चौकोमा मात्र सिमित रहनुहुन्न भन्ने विचारलाई आत्मसाथ गर्दै  आज सफल महिला उद्यमीको रुपमा परिचित छिन् । सीप सिकेकै क्रममा  उनको जीवनमा ठुलो घटना समेत घटेको थियो जुन घटनालाई सम्झदा आज उनी नयाँ जीवन पाएको बताउछिन् । सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ अघि बढेकी उनले आज  हजारौं महिलाहरुलाई रोजगारी प्रदान गरेकी छिन् ।

२०६६ सालमा काठमाडौं छिरेकी कमलाले घरेलु व्यवसायबाट व्यवसाय गरेकी थिइन्  । सिटिभिटीबाट तालिम लिइ घरेलु व्यवसाय शुरु गरेकी उनले कार्यक्रमको लागि बंगलादेश जाने अवसर समेत पाएकी थिइन् । जहाँ उनले त्यहाँका महिलाहरुले घरमै बसेर  हस्तकलाको काम गरेको  देखेपछी उनलाई त्यहि गर्ने इच्छा जाग्यो र नेपाल आएपछि सोहि कामलाई निरन्तरता दिइन् ।

यदि हातमा सीप  छ भने महिलाहरुले हिंसा सहनुनपर्ने कमला बताउँछिन् ।  उनी अहिले देशका विभिन्न ठाउँमा तालिम समेत संचालन गर्दै आइरहेकी छिन् । 
महिलाहरु  आर्थिक रुपमा सम्पन्न हुने हो भने घर परिवार र समाजले हेर्ने दृष्टि नै फरक हुने उनी बताउँछिन् ।  आफूले भोगेको समस्या अन्य महिलाहरुले भोग्न नपरोस भन्ने भावना राख्ने उनले आज धेरै महिलाहरुलाई सीप सिकैसकेकी छिन् । 

उनको सफलता र संघर्षको  कथा भिडियोमा हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको