Like us!
Follow us!
Connect us!
Watch us!

देखासिकी भन्दापनि दक्षता हेरेर व्यवसायमा लाग्नुस्, अवश्य सफलता मिल्छ: रुद्रबहादुर खत्री (भिडियोसहित)

कथा प्रेरणाको

आइतबार, २८ मंसिर २०७७, १३ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - संघर्षको मैदानमा धेरै जना उत्रन्छन् तर सफलता भने थोरैले मात्र प्राप्त गर्दछन् | यसको पछाडी धेरै कारण हुन्छन् | प्रमुख कारण भनेको उनीहरु आफ्नै लगावभन्दा बढी अरुको लहैलहैमा लाग्नु हो | पछिल्लो युवापुस्ता व्यवसायमा निकै आकर्षित हुन थालेका छन् |  तर ज्ञान सिप र दक्षता नहुँदा उनीहरु व्यवसायमा होमिन आँट भने हतपत गर्दैनन् | 

केहि युवापुस्ता भने देखासिकी गर्नकै लागि व्यवसायमा होमिएका हुन्छन् | देखासिकी गरेर व्यवसायमा लाग्दा उनीहरुले लक्षित नतिजा हासिल गर्न सकिरहेका हुँदैनन् | त्यसैले जुनसुकै क्षेत्रमा लाग्न वा व्यावसाय संचालन गर्नुपूर्व त्यसबारे ज्ञान सिप र दक्षता हुन जरुरी छ | 

धादिङ उद्योग वाणीज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री भने आफूलाई जे कुरामा ज्ञान छ त्यसैमा लाग्न आग्रह गर्दछन् | आफूसँग ज्ञान, सिप र दक्षता नभएमा त्यो व्यवसायले सफलता हासिल गर्न सकिदैन | देखासिकीमा नलागी आफु पोक्त भएको विषयमा लागेर व्यवसाय संचालन गर्ने हो भने सफल  भइने उनी बताउँछन् | आजको कथा प्रेरणामा हामीले धादिङ उद्योग वाणीज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको संघर्ष तथा सफलताको कथालाई समेटेका छौं | 
 

भिडियो हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको