Like us!
Follow us!
Connect us!
Watch us!

जाखिर खाने होईन ? २१ सय ३५ जनालाई नेपाली सेनामा अवसर

सोमबार, ०१ कार्तिक २०७३, १६ : २१ मा प्रकाशित

जाखिर खाने होईन ? २१ सय ३५ जनालाई नेपाली सेनामा अवसर

अर्थ संसार 
काठमाडौं–जागिर खाने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने नेपाली सेनाले विभिन्न पदमा २१ सय  ३५ जनाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले जंगी अड्डाले काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

यसमा सैन्य अर्थात सिपाही पदमा १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको जंगी अड्डामा ४ सय जना सिपाही माग गरिएको छ । त्यसै गरी सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केश कर्तक, वेटर र लोहार पदमा आवेदन मागेको छ । पदअनुसार फरक–फरक योग्यता तय गरिएको छ । 

इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा भर्ती गर्न लागिएको हो ।

PDF हेर्न यहाँ क्लिक गर्नुहोस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको