Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुबित्तको आईपीओ : पाउनेमा आशा गरौं, भर नपरौं !

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, १८ : १६ मा प्रकाशित

महिला लघुबित्तको आईपीओ  : पाउनेमा आशा गरौं, भर नपरौं !

माग भन्दा झण्डै ६० गुणा बढीको आवेदन परेपछि महिला लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ पाउनेमा आशा गरौं, भर नपरौंको अवस्था सिर्जना भएको छ ।माग भन्दा आवेदन धेरै परेको यस्तो अवस्थ सिर्जना भएको हो । 

संस्थाले निष्काशन गरेको आईपीओको आवेदन दिने अन्तिम दिन (आज) मंगलबार साँझसम्म १४ लाख ४४ हजार ५ सय ८८ जना आवेदकले २ करोड २४ लाख ८२ हजार ७ सय २० कित्ताका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

यो अन्तिम नतिजा भने होइन । अझै आवेदनको संख्या बढ्ने क्यापिटलले जनाएको छ । यो सर्वसाधारणको लागि माग गरिएको कित्ता भन्दा ५९.९५ गुणा धेरै आवेदन हो ।

सस्थाले माघ ३० देखि फागुन ४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको