Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ७१ करोड

अर्थ संसार

विहीबार, १७ पुस २०८२, १५ : ०९ मा प्रकाशित

दोहोरो अंकले  घट्यो  नेप्से, कारोबार रकम ४ अर्ब ७१ करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अकंले घटेर २६२०.९२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोडको सेयर कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भइरहेको छ । आज वाणिज्य बैंक समूहको ०.६४ प्रतिशत, विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बिहिबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको घटेको छ । 

आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत योजनका २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको