Like us!
Follow us!
Connect us!
Watch us!

जुस पिएर तिलक कोइरालाले तोडे अनशन !

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १६ : ५७ मा प्रकाशित

जुस पिएर तिलक कोइरालाले तोडे अनशन !

नेपाल पुँजी बजार विकास अभियानका संयोजक तिलक कोइरालाको नेतृत्वमा आइतबारदेखि जारी आमरण आमशन आज (बुधबार) तोडिएको छ ।  

नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय अगाडि आइतबारबाट आमरण अनशनमा बसेका कोइरालाले बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको हातबाट जुस  पिएर कोइरालाले अनशन तोडेका हुन् । 

कोइरालाको माग सम्बोधन गर्न धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले  आवश्यक पहल गर्ने आश्वासन दिएपछि अनशन तोडिएको हो । 
आमरण अनशनलाई विभिन्न लगानीकर्ता संघहरुले समेत समर्थन गरेका थिए । विभिन्न लगानीकर्ता तथा संघका नेताहरुले अनशन स्थलमै गएर समर्थन गरेका थिए । 

अर्थमन्त्रालयद्धारा गठित कार्यदलले तयार पारेको ५८ बुँदे सुझावसहितको प्रतिवेदन २०७५ सालमै सरकारले पूरा गर्छ भन्ने प्रतिवद्धतामध्ये बाँकी १८ बुँदा पूरा नगरेकाले बाँकी सुझावसमेत कार्यान्वयन गर्न एकसूत्रीय मागसहित उनले आमरणअनसन सुरु गरेका थिए।  

'कोइरालाले उठाएका मागहरुको  विषयमा बोर्डमा छलफल गरी बोर्डले सम्बोधन गर्न सक्ने मागहरु छिटो भन्दा छिटो पूरा गर्न पहल गर्ने'- बोर्डका अध्यक्ष ढुंगानालेले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको