Like us!
Follow us!
Connect us!
Watch us!

दोश्रो आइओटी एक्स्पो सकियो, पाँच हजारले गरे अवलोकन

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, १७ : ४१ मा प्रकाशित

दोश्रो आइओटी एक्स्पो सकियो, पाँच हजारले गरे अवलोकन

 कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वेरिका कलेज अफ आइटि एण्ड इकमर्सद्वारा आयोजित चार दिने आइओटि प्रदर्शनी सकिएको छ ।

प्रदर्शनी पाँच हजार जनाले अवलोकन गरेका छन्। फागुन २८ गते देखि ४ दिनसम्म डिल्लीबजारमा भएको कार्यक्रममा अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहत ब्यवस्थापन, रोबटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना प्रदर्शनी गरिएको थियो। स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए। प्रदर्शनीमा राखिएका स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन्।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको कलेजका प्रिन्सिपल प्रमोद पौडेलले बताए।

निशुल्क प्रवेश रहेको प्रदर्शनीमा राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आइटि क्षेत्रका जिज्ञाशुले अवलोकन गरेको पौडेलले बताए।प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने बुझ्न प्रदर्शनीले सहयोग गरेको पौडेलको तर्क छ। बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको यस सफ्ट्वेरिका कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ।

हालको प्रदर्शनी सोही इनोभेसन हवमै विद्यार्थीहरुले तयार गरेका हुन्। कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको हो। आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँ सम्म अनुदान दिने ब्यबस्था गरिएको कलेजका निर्देशक अमृत थापाले बताए।

604f4d7039ed6.jpg 604f4d7e7d5cd.jpg 604f4d998dea2.jpg 604f4d9997f8e.jpg 604f4d9d375eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको