Like us!
Follow us!
Connect us!
Watch us!

अब क्यूआर स्क्यानरबाटै खानाको अर्डर गर्न सकिने !

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, १२ : २२ मा प्रकाशित

अब क्यूआर स्क्यानरबाटै खानाको अर्डर गर्न सकिने !

विश्व बजार हिजो आज मानव रहित सुविधा वा डिजिटलाईज हुने क्रममा अघि बढिरहेको छ । बढ्दो प्रविधिको प्रयोग संगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय तपाई हामी विच लोकप्रिय हुँदैछ त्यसको एक उदाहरण हो ‘www.sajilodine.com’ ।

पछिल्लो समयको कोभिड–१९ ले सृजना गरेको महामारीकोबीच संचालमा आएको सजिलो डाइन (sajilo dine) होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा सामाजिक तथा भैतिक दूरी कायम गर्दै वयेटर विना आफ्लाई चाहेको मेन्यू अर्डर गर्न सकिने ई–मेन्यु हो सजिलो डाइन । सजिलो डाइनले उच्चतम प्रविधिको प्रयोग गर्दै होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने ग्राहक र सर्भिस कम्पनीलाई सहज हुनेगरी डिजिटल त्तच् क्अबललभच मेन्यू उपलब्ध गराएको हो ।

 

sajilo dine होटल तथा रेस्टुरेन्टका लागि उपलब्ध गराइएको एक डिजिटल QR Scanner मेन्यू हो । यो प्रयोग गर्न समेत एकदमै सहज र सरल छ ग्राहकले आफ्नो टेवलमा रहेको QR कोडलाई आफ्नो मोवाईनमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्यान गरी उक्त होटल तथा रेस्टुरेन्टमा उपलव्ध आजका मेन्यूहरु आफ्नै मोवाईलमा देख्न र चाहेको परिकार तत्कालै अर्डर गर्न सक्नेछन् भने अर्डर मेन्युको मूल्य समेत थाहा पाउन सक्नेछन् । ग्राहकले गरेको अर्डर सफ्वयरको माध्यमबाट सिधै सर्भिस दिने कम्पनीको एड्मिन र किचनमा पुग्दछ । जसले गर्दा ग्राहकले बेटर पर्खनु पर्ने झन्झटबाट मुक्त पाउने छन् भने अर्का तिर समयको बचत हुनेछ । 

कम्पनीका संचालकका अनुसार “नेपालका बैंकिङ, शिक्षा, विमा, सपिङ सेन्टरहरु आदिमा रकम भुक्तानीको लागि  प्रयोगमा आएको QR Scanner होटल तथा रेस्टुरेन्टको मेन्यू स्क्यानका लागि प्रयोगमा ल्याएको भने नेपालमा नै यो पहिलो पटक हो ।” 

राजधानिका विभिन्न १ सय भन्दा बढि होटल तथा रेस्टुरेन्ट तथा पे.पे. पिज्जा का सबै शाखाहरुमा  संचालमा आई सकेको Sajilo Dine सफ्टयोयर प्रयोग गर्न चाहने जुनकुनै होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीहरुले न्यूनतम शुल्कमा नै यो सुविधा प्रयोग गर्न सक्ने छन् जसका लागि यो सेवा प्रयोग गर्न चाहने कम्पनीले वार्षिक मात्र ३ हजार रुपैयाँ मात्र तिरे पुग्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको