Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबाट राजस्वमा योगदान कति ?

अर्थ संसार

सोमबार, १४ असार २०७८, १३ : ३४ मा प्रकाशित

सेयर बजारबाट राजस्वमा योगदान कति ?

पछिल्लो समय नेपालको पुँजी बजारमा नयाँ लगानीकर्ताहरुको आकर्षण बढिरहेको देखिन्छ । यो करिब एक बर्षको अवधिमा नेपालको प्राथमिक बजार र दोस्रो बजार धेरै नयाँ लगानीकर्ताहरुको प्रबेश भएको तथ्याङ्कले देखाउछ । 

नयाँ लगानीकर्ताहरुको प्रबेश संगै अहिले नेपालको पुँजीबजारले नयाँ मुकाम हाँसिल गरिरहेको छ । एक बर्ष अघि सम्म पनि २ ४ अर्बको मात्र कारोबार हुनेगरेकोमा अहिले कारोबार रकम बढेर करिब २० अर्ब रुपैयाँ सम्म पुगेको थियो । 

लगानीकर्ताहरुको संख्या, कारोबार रकम र नेप्से परिसुचको बृद्धिसंगै अहिले पुँजीबजारबाट सरकारको राजस्व आम्दानीमा पनि व्यापक बृद्धि भएको छ । अहिलेसम्म लगानीकर्ताहरुले आँफुले सेयरबाट कमाएको मुनाफाबाट ५ प्रतिशत रकम पुँजीगत लाभकर तिर्नुपर्ने व्यबस्था छ । सरकारले हालै प्रस्तुत गरेको आर्थिक बर्ष २०७८ ७९ को बजेटले आगामी आर्थिक बर्षबाट अल्पकालिन लगानीकर्ताहरुले ७.५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताहरुले ७.५ प्रतिशत  पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ । 

सरकारले पुँजीगत लाभकर बापत पाँच वर्षमा गरेको आम्दानीको अवस्थालाई हेर्दा आ.व. २०७२।७३ मा १ अर्ब ३९ करोड रुपैयाँ पुँजीगत लाभकर र आ.व. २०७३।७४ मा १ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभकर सरकारलाई भएको देखिन्छ । त्यसैगरी त्यसपछिका दुई आर्थिक वर्षमा भने पुँजीगत लाभकरमा गिरावट आएको देखिन्छ । आ.व. २०७४।७५ मा ४७ करोड रुपैयाँ र आ.व. २०७५।७६ मा ६४ करोड रुपैयाँ मात्र पुँजीगत लाभकर सरकारलाई प्राप्त भएको देखिन्छ । त्यसैगरी गत आ.व. को अन्त्य सम्ममा ९८ करोड ४८ लाख रुपैयाँ सरकारलाई प्राप्त भएकोमा चालु आ.व. को दश महिनामा नै १५ अर्ब ८८ करोड रुपैयाँ पुँजीगत लाभकर वापत नेपाल सरकारलाई राजस्व योगदान भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

पुँजीगत लाभकर बाहेक सरकारले ब्रोकरहरुले सेयर कारोबारबाट कमाएको मुनाफाको निष्चित प्रतिशत आयकर बापत समेत प्राप्त गर्ने गर्दछ । बिगतका आर्थिक बर्षको तुलनमा सेयर कारोबार रकममा ब्यापक बृद्धि भएकाले ब्रोकरहरुको आम्दानी पनि बढेको छ जसको फलस्वरुप यो आर्थिक बर्षमा सरकारले ब्रोकरहरुबाट प्राप्त गर्ने आयकरमा पनि ब्यापक बृद्धि हुने अनुमान लगाउन सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको