Like us!
Follow us!
Connect us!
Watch us!

१२ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार रकम ५ अर्ब १० करोड

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १५ : १६ मा प्रकाशित

१२ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार रकम ५ अर्ब १० करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.०३ अकंले बढेर २७६१.८६ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ वटा उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको १.६२ प्रतिशत, विकास बैंक समूहको ०.७५ प्रतिशत, फाइनान्स समूूहको ०.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सोमबार १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०६ कम्पनीको घटेको छ । 

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एभरेष्ट बैंकको २४ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २१ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७.६८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको