Like us!
Follow us!
Connect us!
Watch us!

५८ अकंले बढ्यो सेयर बजार, कारोबार रकम भने ५ अर्ब २९ करोडमा सीमित

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १५ : ११ मा प्रकाशित

५८ अकंले बढ्यो सेयर बजार, कारोबार रकम भने ५ अर्ब २९ करोडमा सीमित

सेयर बजारमा लगातार हरियाली देखिएको छ। आइतबार उच्च अंकले उकालो लागेको बजारले  मंगलबार पनि सोही लय कायम राखेको हो। बजारमा हरियाली देखिएसँगै लगानीकर्तामा उत्साह छाएको छ। गएको बिहीबार राताम्य भएर तीनपटक नकारात्मक सर्किट लागेर बन्द भएको बजार पछिल्ला दुई दिनको कारोबारमा उल्लेख्य वृद्धि हुँदा लगानीकर्ताहरू आशावादी देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५८.६३ अकंले बढेर २६८२.२५ बिन्दुमा  बन्द भएको छ । आज २२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोडको कारोबार भएको छ । आज  सबैभन्दा बढी बढ्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ । निर्जीवन बीमा समूहको ३.४८ प्रतिशतले बढेको छ । वाणिज्य बैंक समूहको १.३८ प्रतिशत, विकास बैंक समूहको २.९५ प्रतिशत, फाइनान्स समूहको २.१२ प्रतिशतसहित १३ वटै उपसूचकमा सुधार आएको हो ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ६८ लाख रुपैयााको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १८ करोड १६ लाख रुपैयााको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै प्रभु स्मार्ट फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको