Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा रौनक - ३०.७५ अंकले बढेको बजारमा ९ अर्ब बढीको कारोबार

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा रौनक - ३०.७५ अंकले बढेको बजारमा ९ अर्ब बढीको  कारोबार

साताको कारोबारको पहिलो दिन अर्थात आइतबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ को बिन्दुमा बन्द भएको हो।

आज ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

आज १२ उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स र जीवन बीमा बुल आएको देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.२९ प्रतिशत, विकास बैंक समूहको ०.९० प्रतिशत, फाइनान्स समूहको ५.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२० प्रतिशत, जीवन बीमा समूहको ४.३५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज २०५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घट्न पुगेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको