Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजारमा आएको गिरावटपछि बनेको कार्यदलले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, १६ : १४ मा प्रकाशित

पूँजी बजारमा आएको गिरावटपछि बनेको कार्यदलले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

अर्थमन्त्री रामेश्वर खनालले पूँजी बजारमा देखिएका समस्याको अध्ययन गर्न गठन गरेको चार सदस्यीय कार्यदलले आज बिहान आफ्नो प्रतिवेदन बुझाएको छ।

गत शुक्रबार खनालले नेपाल धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको नेतृत्वमा उक्त कार्यदल गठन गरेका थिए। कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कार्यवाहक कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्यको रूपमा सहभागी थिए। शरद निरौलाले कार्यदलको सदस्य–सचिवको जिम्मेवारी पनि सम्हालेका थिए।

जेनजी आन्दोलनपछि एक साताभन्दा लामो समय बन्द भएको शेयर बजार गत बिहीबार खुले पनि १६० अंकले तल झरेको थियो। बजारमा आएको तीव्र गिरावटपछि तत्काल समाधान खोज्नुपर्ने ठहरसहित खनालले उक्त कार्यदल बनाएका हुन्।

पूँजी बजारमा उत्पन्न विसङ्गति पहिचान गरी सुधारका लागि ठोस योजना तयार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यसहित कार्यदललाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो। सोही कारण समितिले आजै प्रतिवेदन बुझाएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको