Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड गर्नुपर्ने काम गर्दैन, नगर्नुपर्ने गर्छ किन ? कार्यकारी निर्देशकसँगकाे कुराकानी

अर्थ संसार टक

आइतबार, २० असार २०७८, १३ : ०५ मा प्रकाशित

धितोपत्र बोर्ड गर्नुपर्ने काम गर्दैन, नगर्नुपर्ने गर्छ किन ? कार्यकारी निर्देशकसँगकाे कुराकानी

सेयर बजारमा पछिल्लो समय केही नकारात्मक समाचारहरु आए । जसले गर्दा निरन्तर बढिरहेको बजारमा नयाँ लगानीकर्तालाई त्रसित बनाइ दियो । धितोपत्र बोर्डले ५१ कम्पनीलाई लगानी गर्न ‘जोखिमपूर्ण’ भन्दै एउटा सूची प्रकाशन गर्यो ।

बोर्डले नकारात्मक सूची प्रकाशन गरेपछि चारैतिरबाट प्रहार सहनुपर्यो । यसले गर्दा बोर्ड रक्षात्मक अवस्थामा पुगेको छ । यस्तो अवस्थामा बोर्डले गुमेको छवि सुधार्न के गरिहेको छ ? हामीले बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई यही प्रश्न गर्यौं । बोर्डको कार्यशैली बारे लगानीकर्ताहरुले धेरै प्रश्न उठाएका छन् ।

जस्तो, धितोपत्र बोर्ड नियामक निकाय हो । बोर्ड नियामकले गर्नुपर्ने काम चाहिँ गर्दैन । नगर्नुपर्ने काम चाहिँ गर्छ । उसले कम्पनीको नामै तोकेर जोखिमपूर्ण भन्न पाउँछ । बोर्डले सूची प्रकाशन गरेपछि बजार निरन्तर ओरालो छ । बोर्डलाई बजार प्रभावित पार्ने अधिकार छ ? नियामक निकायले कर्नरिङ्ग गर्ने, भित्री सूचना दिएर बजार प्रभावित गर्नेहरुलाई कारबाही गर्नु पर्ने हो । बोर्डले कारबाही गर्नुको साटो विज्ञप्तिबाजी गरेर बस्छ । उसले कर्नरिङ्ग गर्नेलाई कारबाही गरेको रेकर्ड छ ?

कुन कम्पनीको मूल्य कति हुनु पर्ने भनेर धितोपत्र बोर्डले तोक्ने हो र ? यसलाई त माग र आपूर्तीले तय गर्ने हैन र ?

इन्साइडर ट्रेडिङ्ग अपराध हो । बोर्डका पदाधिकारीले यस्तो सूची आउँदैछ भनेर नजिकका मान्छेहरुलाई जानकारी दिए । जानकारी पाउनेहरु सेयर बेचेर निस्किए अनि बोर्डले सूची सार्वजनिक ग्यो । यो इन्साइडर ट्रेडिंग हो कि होइन ?

दैनिक कार्यालय संचालन, आइपिओ निस्कासन, हकप्रद अनुमति माग्न आएकाहरुलाई अनुमति दिनेबाहेक देखिने गरी बोर्डले गरको काम चाहीँ के हो ?

बजारमा केही करोडको कारोबार हुँदा कायम रहेका ५० वटा ब्रोकर कम्पनी २० अर्बको दैनिक कारोबार हुँदा पनि तिनै छन् । किन ब्रोकर थप्न बोर्डले हलो अड्काउँछ । बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिने कुरामा बोर्ड अहिले कायम दलाल कम्पनीको होमा हो मिलाएर दिनु हुन्न भन्न थालेको छ । बोर्डका पदाधिकारीले दलालहरुबाट कुरुस्त कमिसन कुम्ल्याएर अहिले बैंकका सहायक कम्पनीलाई लाइसेन्स नदिनेमा पुगेको हो ? अनि निजी स्तरका दलाल चाहिँ थप्दै हुनुहुन्छ रे ? बैंकका सहायक कम्पनीले लाइसेन्स लिन अतिरिक्त खर्च गर्दैनन् । निजी कम्पनी भए लाइसेन्स लिन जति पनि खर्च गर्छन् । त्यसैले बोर्डको रुची त्यता हो ?

संसददीय समितिले बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिन दिएको निर्देशन बोर्डलाई बाद्यकारी हुँदैन ? दलाल थप्ने कुरामा नेप्से र बोर्डको रस्साकस्सी देखिएको छ । दुवैको कमिसनमा तानातान भएको खुल्लेआम जस्तै छ नि ? दुई नियामक निकायको यो सीतयुद्ध किन ? दुई साँढे जुध्दा लगानीकर्ता मिचिएको बोर्डले थाहा पाएकोे छ ? नेप्सेले जे प्रस्ताव ल्याए पनि बोर्डले अड्काउँछ रे नि ? किन नेप्सेलाई बोर्डले देखि नसहेको हो ?

यी र यस्तै प्रश्नहरु हामीले बोर्डका कार्यकारी निर्देशक निरज गिरीसँग राखेका छौँ । उनीसँग अर्थसंसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले अर्थसंसार टकका लागि गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको