Like us!
Follow us!
Connect us!
Watch us!

अब परम्परागत रैथाने पोलिसीले काम गर्दैन, १० पानाको पोलिसी कसैले पढ्दैन : सूर्य प्रसाद सिलवाल

अर्थ संसार टक

मंगलबार, ०२ जेठ २०८०, १२ : ५० मा प्रकाशित

नेपाल बीमा प्राधिकरण ५५औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा हामीले अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकको नयाँ श्रृङखलामा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग कुराकानी गरेका छौँ । 

५५औँ वर्षमा प्रवेश गरेको अवसरमा बीमाको बारेमा अझ बढी मान्छेलाई जागरुक गराउने आफूहरुको उद्देश्य रहेको उनले बताए । नयाँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नयाँ योजना अन्तर्गत बीमा कम्पनीहरुसँग छलफल गरी वृद्धि भएको पूँजीको फाइदा सबैले पाउनु पर्याे भन्ने एउटा दृष्टिकोण आफूहरुले अघि सारेको उनले बताए । पूँजी वृद्धिको पहिलो फाइदा जसले बीमा गराउँछ त्यो बिमितले पाउनुपर्ने उनको तर्क छ । यो वर्ष बीमाको दावी फछ्र्यौटको हिसाबबाट पनि राम्रो वर्ष हुने आफूहरुको अपेक्षा रहेको उनले बताए । स्थानिय सरकारलाई कसरी बीमामा संलग्न गराउने र सचेत गराउने भन्ने पाटोबाट पनि प्रोगामहरु ओरियन्ट गरिएको उनले बताए । समग्रमा ५६ वर्ष पुग्दासम्म कसरी डिजिटल प्रविधीको प्रयोग गरेर बीमालाई अघि बढाउने र पब्लिकको सेवा सुविधालाई सहज र सरल गराउने कुरामा जोड दिइने उनी बताउँछन् ।

बीमा कम्पनी बीमा प्राधिकरणमा परिणत भएपछि अझ बढी अधिकारहरु प्राप्त भएको उनले बताए । अधिकारसँगसँगै जिम्मेवारी र उत्तरदायित्व पनि थपिएको उनले प्रस्ट्याए । अब सरकार लगायत कसैलाई बीमा सम्बन्धी केही सल्लाह चाहिएमा बीमा प्राधिकरणले प्रदान गर्ने अधिकार प्राप्त भएको उनले सुनाए । सरकारले नै बीमाको विज्ञ संस्था भनेको बीमा प्राधिकरण भनी मानेको उनले बताए । 

बजारमा पैसा नहुँदा त्यसबाट बीमा कम्पनीहरु पनि प्रभावित भएका उनी बताउँछन् । तथापी बीमा गर्ने उत्साह भने अझै पनि बढ्दो क्रममा रहेको उनले बताए । बीमा कम्पनीहरु पनि वित्तीय क्षेत्रभित्रै पर्ने भएकाले सिङ्गै देशमा भईरहेको अर्थतन्त्रको उतारचढावले बीमा क्षेत्रलाई पनि प्रभाव पारेको उनले प्रस्ट्याए । 

बीमा र बैंकको ब्याजदरको अन्तरसम्बन्ध उल्टो रुपमा रहेको उनले बताए । उनले भने, जसोजसो बैंकको ब्याजदर बढ्दै जान्छ, बीमा घट्दै जाने क्रम आउँदो रैछ । जबजब बैंकको ब्याजदर तलतल आउन थाल्छ बीमा बढ्ने हुँदो रहेछ । त्यो चाहीँ यस बीचको अन्तरसम्बन्ध भनेको अलि उल्टोउल्टो रहेछ ।

पूँजी वृद्धिको योजनामार्फत आफूहरुले बीमा कम्पनीहरुलाई अन्य सेक्टरमा लगानी गर्ने र व्यवसाय गर्ने वातावरण सृजना गरिएको उनले बताए । कुराकानीकै क्रममा उनले भने, "अबको दिनमा परम्परागत रैथाने पोलिसीले काम गर्दैन, १० पानाको पोलिसी कसैले पढ्दैन ।"

उनीसँग गरिएको भिडियो कुराकानी तल प्रस्तुत गरिएको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको