सेयर बजारमा उत्साह थपिएको र लगानीकर्ताहरूको मनोबल बलियो बनाएको सेयर विश्लेषक डा केशव श्रेष्ठ बताउँछन् ।
अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले भने, "१८०७ के मनोवैज्ञानिक बलियो विन्दुसम्म आइपुगिसके पछि रिटेलर इन्भेष्टरहरू लगायत इन्स्टिच्युस्नल इन्भेष्टरहरू पनि बजारमा पसे सँगसँगै यो नीति तथा कार्यक्रमका कुराहरू पनि आइरहेको छ, बजेटको कुराहरू पनि आइरहेको छ, त्यसमा अब आउने वर्षका लागि केही राम्रा गुरा एड्रेस होला भन्ने छ र ब्याजदर पनि थोरैथोरै भएनी घटिराछ । त्यसले एउटा उत्साह थपेको हो । र मनोवैज्ञानिक आधार अलिकति बलियो बनाएर थपेको छ । त्यो भएर रियालिटी होला नहोला तर बजार १८ सय भन्दा तल चाहीँ पक्कै आउँदैन भनेर मान्छेहरूको एउटा साइकोलोजिकल स्थिती चाहीँ बलियो भएको अवस्था हो ।"
बजेटमा सेयर लगानीकर्ताहरूलाई आशा जगाउने खालका बुँदाहरू स्पष्ट भएर आयो भने केही राम्रै उछाल आउने उनको तर्क छ । तरपनि १८ सयबाट ५ सय भन्दा बढी अंकको चाहीँ आफूले अपेक्षा नगरेको उनी बताउँछन् । ५ सयसम्म बढ्दै गर्दा अफ्ठ्यारामा परेका रिटेल इन्भेष्टरहरूबाट फेरि सेलिङ प्रेसर आउनसक्ने उनको विश्लेषण छ । फण्डामेन्टल्ली बजार बढ्ने स्थिती नरहेको र टेक्निकल्ली बढ्दा न्यूनतम विन्दुबाट ५ सय अंकसम्म बढ्ने आशा उनले व्यक्त गरे । २३०० को विन्दुसम्म आफूले नेचुरल ग्रोथ मान्ने र त्यहाँ भन्दा माथि जान बजारलाई निकै गतिलो कारण चाहिने उनले बताए ।
अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिल्यो, टसल छैन
अहिलेको अर्थमन्त्री र गभर्नरको ट्युनिङ पनि नबिग्रिएको उनी बताउँछन् । उनले भने, "अहिले अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरको ट्युनिङ पनि बिग्रिएको छैन । नीति कार्यक्रमको बेलामा अलिकति लुज नीति ल्याउने कडा हिसाबले रिभ्यु गर्ने कुरामा थोरै केही होकी जस्तो देखियो । तर पहिलाको जस्तो ठ्याक्कै टसल चाहीँ देखिएको छैन । सेयर बजारका लगानीकर्ताहरूलाई चिढ्याउनु नै हुँदैन भन्ने कुरामा अहिलेको अर्थमन्त्रीसहित सबै नेताज्यूहरू विश्वस्त हुनुहुन्छ । यो ट्युनिङ मिलेकै बेलामा साँच्चिकै एड्रेस गर्ने स्पेसिफिक केही आउँछ की भनेर यो आधार तय गरेको हो ।"
नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरहरूलाई लाईसेन्स वितरण गरेपछि बजारको आयतन बढ्ने उनले बताए । निश्चित रूपमा प्लेयरहरू थपिएपछि त्यही अनुसारको बढ्ने उनी बताउँछन् । उनीहरूको इफोर्ट हुन्छ, लगानीकर्ताहरूलाई गुणस्तरिय सेवा प्रदान गर्छन् । क्वालिटी र इम्प्रोभमेन्ट आउँदा बजारलाई माथि लैजाने फ्याक्टर थपिने उनको तर्क छ । त्यसैका आधारमा मात्रै बजार धेरै बढ्न चाहीँ सम्भव नभएको उनले बताए । यसमा पनि हेर्दाखेरी लुकामारीको गेम जस्तो चलेको उनले बताएका छन् । "जुन दिन अदालतको आदेश आउँछ, त्यही दिन दिईहाल्नु पर्ने, फेरि आउनेबित्तीक्कै सो कज नोटिसहरू हुने, एकदमै यो जुन नाटकिय कामहरू भई राखेको छ । तर जसरी आएपनि त्यसलाई पोजेटिभ नै मान्नुपर्छ ।", उनले भने ।
नयाँ स्टक एक्सचेञ्जको प्रकृया माछो माछो भ्यागुतो जस्तो भइरहेकोमा सहमत छन् उनी । जस्तो जुन हिसाबले प्रकृया मिचेर, सेटिङ, चलखेल, जस्ता आादि इत्यादि नेगेटिभ कमेन्टहरू धेरै आइरहेको भएतापनि रियालिटीमा जे ट्रान्सलेट हुन लागेको थियो त्यो आफैँमा चाहीँ राम्रो रहेको उनले बताए । उनले थपे, "कसरी आयो, त्यसको अन्तर्य के थियो त्यो सबै भित्र पस्यो भने त बिना फ्याक्टको त्यसरी कुरा गर्नु नी भएन तर अब जसरी आशङ्काका कुराहरू आए त्यसलाई आँखा चिम्लिन सक्ने अवस्था पनि छैन । तर अन्ततगत जे होकी त्यो हुनुपर्ने काम थियो, राम्रो काम हुँदै थियो तर अन्तिममा गएर फेरि प्रधानमन्त्रीलाई नै ब्रिफिङ भएपछि त्यो रोकियो । यो सबैकुरा हेर्दाखेरी त ए यो काम हुने भयो तर मलाई के फाइदा अथवा यो ग्रुपलाई के फाइदा, हामीलाई के फाईदा भन्ने कुराले चाहीँ कुनै पनि एक्सन खुल्ने/रोक्ने, हुने/नहुने कुराहरू यो नेपालमा चाहीँ दिनको घाम जत्तिक्कै छर्लङ्ग हुँदै आयो । अहिले स्टक एक्सचेञ्जकाे कुरामा पनि त्यस्तै देखियाे । सिनियर लिडरसीपबाट त्यस्ता कुराहरू हुनु राम्रो कुरा हैन । यसले बजारमा राम्रो म्यासेज जाँदैन ।"
सरकारले नीति तथा कार्यक्रममार्फत् पूँजी बजारमा एनआरएनको लगानी भित्र्याउने व्यवस्था मिलाउने भनेको छ । यसो हुँदा मार्केटमा राम्रो क्यास फ्लो हुने र बजारलाई बढाउने उनले बताए । तर यदि हामीले एनआरएनहरूलाई मार्केटमा वेलकम गर्ने हो भने त्यो मनीको फ्लो बाहिर पनि जान्छ भन्ने कुरामा तयार हुनुपर्नेमा उनले जोड दिएका छन् । विथआउट रिटर्न हाम्रो बजार बढाइदिनलाई तिमीहरू आएर लगानी गर भन्न कसैलाई पनि नमिल्ने र त्यो लोजिकल पनि नहुने उनी बताउँछन् ।
लगानीकर्तालाई ट्रयापमा पार्न नियामकले सघायो
डुबेका कम्पनीहरूले आईपीओ निष्कासन गर्दा लगानीकर्ताहरूलाई ट्रयापमा पार्नलाई नियामकले नै सघाइरहेको जस्तो लाग्छ विश्लेषक श्रेष्ठलाई पनि । प्रष्ट भन्नुपर्दा नियामकले यो नगर्नु पर्ने काम गरेको उनी बताउँछन् । किनभने एकदमै थोरै केही पैसा केही रूपैयाँ नेटवर्थ भएको कम्पनीलाई १०० रूपैयाँमा आईपीओ निष्कासन गर्न दिने गर्दा सर्वसाधारणलाई त्यो कुरा थाहा नहुने उनले बताए । यस्ता लगानी अति नै जोखिमयुक्त हुने उनले सतर्क गराएका छन् । यसले लगानीर्कतालाई ट्रयापमै पार्ने उनले बताए । यो लगानीकर्ताहरूको हितमा नरहेको र नियामक निकायले किन यस्तो गर्यो, चलखेल भएर पो नीतिगत निर्णय गरिएकी भनेर ठूलो आशङ्का उजागर गर्ने उनले बताए ।
उनी भन्छन्, "यो त अपराध नै हो । डिस्क्ल्यामर हेर्यो भने नियामकले कुनै जिम्मेवारी लिँदैन भनेर लेखिएको हुन्छ । अनि विश्लेषण गर्नु पर्दैन ? तथ्याङ्क होकी मिथ्याङ्क हो हेर्नु पर्दैन ? त्यो त एउटा बेसिक रेगुलेटरी फङ्गसन होला नी । चलखेल गरेर स्विकृत गर्ने अनि हाम्रो जिम्मेवारी केही पनि छैन भनेर पन्छिने । प्रष्ट भन्नुपर्दा यो त साँच्चिकैको अपराध हो । यसो हुँदा नियामकप्रतिको विश्वास भविष्यमा उडेर जान्छ । यहाँ आर्थिक स्वार्थ लुकेको छ, चलखेल छ ।" दुई चार रूपैयाँ नेटवर्थ भएका कम्पनीलाई आईपीओ मार्फत् पब्लिकमा भिडाएर आफ्नो गुमेको पैसा सेफ गर्ने तरिका हो यो । लगानीकर्ताहरूले आईपीओ/आईपीओ भनेर भेडा जसरी दौडिन नहुने उनको सुझाव छ । लगानीकर्ताले आईपीओ भर्नु अगाडि सर्वप्रथम त्यो कम्पनीको नेटवर्थ हेर्नुपर्ने र त्यसपछि मैले १०० रूपैयाँ किने हाल्ने, कम्पनीको पर्फोमेन्स कस्तो छ, आम्दानीको हिस्ट्री कस्तो छ लगायतका कुराहरू हेर्नुपर्ने उनी बताउँछन् ।
कुराकानीको अन्तिममा यो बेलामा सेयर बेच्नु भनेको खाडलमा खस्नु जस्तै रहेको उनले बताए । अहिले एकदमै अफ्ठ्यारो अवस्थामा बाहेक सेयर बेच्नै नहुने उनले बताए । सक्दै सकिएन भने त्यो पनि कम लसमा परेको सेयर मात्रै बेच्न उनले सुझाव दिए । सकिन्छ भने सेयर किन्नैपर्ने उनले बताए । ८ देखि ९ प्रतिशतमा सेयर लोन पाइयो भने लोन लिएरै भए पनि सेयर किने हुने उनले सङ्केत गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस