Like us!
Follow us!
Connect us!
Watch us!

रिपब्लिक मिडियाको आईपीओ किन्नु हरेक नागरिकलाई गौरवको कुरा हो : सञ्चालक ज्ञवाली

अर्थ संसार टक

आइतबार, ३१ बैशाख २०८०, १७ : २९ मा प्रकाशित

नेपाली ईतिहासमा मिडिया कम्पनीमध्ये पहिलो पटक नेपाल रिपब्लिक मिडियाले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आज  वैशाख ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता आईपीओ निष्कासन गरेको छ ।

अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकको नयाँ श्रृङ्गलामा हामीले यसै कम्पनीको आईपीओ लगायतका विविध विषयमा केन्द्रित रही नेपाल रिपब्लिक मिडियाकी सञ्चालक शोभा ज्ञवालीसँग कुराकानी गरेका छौँ । उनी उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित सदस्य पनि हुन् ।

यस कम्पनीको आईपीओ लगानीकर्ताले किन किन्ने भन्ने प्रश्नको जवाफ दिँदै सञ्चालक ज्ञवाली भन्छिन्, “कसैले पनि आफ्नो पैसा बजारमा हाल्दा खेरी त्यो सामान मुल्यवान छ की छैन भनेर हेर्छ । नागरिक दैनिक भनेको एउटा राष्ट्रिय दैनिक न्यूजपेपर हो । जसले आजको दिनसम्म निष्पक्ष, सत्य र तथ्य सधैँ पस्किने काम गरिरहेको छ । सरकारलाई झक्झकाउने काम, पब्लिकको आवाज बनेको छ । सोही पत्रिकाले अहिले आईपीओ निष्कासनको स्विकृती पायो । यो कम्पनीको आईपीओ किन्नु भनेको नागरिकहरूसँग राष्ट्रिय दैनिकको स्वामित्व हुनु हो । नागरिकले जति प्रतिशत भएनी लिँदा खेरी त्यो खुशीकै कुरा जस्तो मलाई लाग्छ ।“

नेपालको इतिहासमा पहिलो पटक मिडिया कम्पनीको आइपिओ खुला :नेपाल रिपब्लिकको आइपीओ क-कसले भर्न पाउँछन् ?

आफूहरूले हल्लाखल्ला भन्दा पनि इन्साइडर रूपमा बसेर काममा धेरै विश्वास गर्ने उनी बताउँछिन् । एउटा मिडिया कम्पनी स्थापना गरेपछि त्यो प्राइभेट भन्दा पनि पब्लिक हुनुपर्छ र अन्तराष्ट्रिय स्तरमा पनि त्यस्तै भइराखेको हुनाले आफूहरूले आईपीओ निष्कासन गर्ने सोच धेरै पहिलादेखि राखेको उनले बताइन् । नेपालकै ईतिहासमा आईपीओ निष्कासन गर्ने पहिलो मिडिया कम्पनी भएको हुनाले स्विकृती प्रकृयाका लागि भने केही कठिनाई भोग्नु परेको उनी बताउँछिन् । स्विकृतीको प्रकृयाको क्रममा कतिपय कुराहरू आफूहरूले नियामक निकायलाई सिकाएको र कतिपय कुराहरू नियामकले आफूहरूलाई सिकाएको उनले बताइन् । 

कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४ दशमलव ९९ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

पछिल्लो समय सेयर बजार लगातार ओरालो यात्रामा छ । यस्तो अवस्थामा भुतले खाजा खाने बेलाझैँ आएको कम्पनीको आईपीओ बिकाउन कति सहज होला भन्ने प्रश्नको जवाफमा उनले यसरी उत्तर दिइन्, "हाम्रो मिडिया एउटा निष्पक्ष मिडिया हो जसले पनि यसको स्वामित्व लिनलाई खुशीले लिन्छन् । यसमा मैले पोजेटिभ्ली हेरेकी छु । पब्लिकले पनि कम्पनीको आईपीओलाई रचाउछन् भन्ने पूर्ण आशा छ ।"

अर्थ संसार टकका लागि अर्थ संसारका प्रधान सम्पादक लिलानाथ घिमिरेले नेपाल रिपब्लिक मिडियाकी सञ्चालक शोभा ज्ञवालीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको