Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले मूल्य घटाउँदै सस्ताेमा सेयर किनिरहेका छन् : चन्द्रसिंह साउद

अर्थ संसार टक

आइतबार, ०५ चैत्र २०७९, ११ : ३५ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्जका निवर्तमान सीईओ चन्द्रसिंह साउदले अहिलेकाे अवस्थामा दाेश्राे बजारमा लगानीकर्ताले मूल्य घटाउँदै सस्ताेमा सेयर किनिरहेका बताएका छन् । अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

निरन्तर ओरालाे लागिरहेकाे बजारकाे पछिल्लाे अवस्थाकाे बारेमा कुराकानी गर्दै उनले भने, "बजारमा जुन तरलताकाे कारणले भनाैँ न मार्केट चाहीँ जुन तुलनामा लगानीकर्ताहरूले अनुमान गरेका थिए त्याे भन्दा अलि विपरित विपरित ढङ्गमा जाने परिस्थिती भएकाे हुनाले सेयर किनबेच त भएकै छ तर अहिले अतिआवश्यकीय लगानीकर्ताले मात्रै सेयर बेचेकाे अवस्था चाहीँ देख्छु मैले । जस्ताे बैंककाे ब्याज तिर्नुपर्याे, किस्ता तिर्नुपर्याे, अतिआवश्यकीय भएकाले बेचेका छन् नभए जाे एक्चुअल इन्भेष्टर छन् उनीहरूले बिस्तारै बिस्तारै सस्ताेमा सेयर किनेकाे अवस्था पनि देखिन्छ । बेच्ने कम किन्ने चाहीँ धेरै छन् तर पनि मार्केटमा काराेबार धेरै रकमकाे छैन । त्यसमा के छ भने मूल्य घटाउँदै लिँदै घटाउँदै लिँदै बिस्तारै स्लाे पाेजिसनमा मार्केट चलेकाे अवस्था चाहीँ देख्छु मैले ।"

कुराकानी कै क्रममा ब्रोकर थप्ने प्रकृया अड्काउन नमिल्ने पनि उनले बताएका छन् । सम्बन्धित निकाय एवमं सराेकारवालाहरूले ब्रोकर थप्ने प्रकृयामा सकभर छिटाे निकास दिनुपर्ने उनी बताउँछन् । 

साउदसँग गरिएकाे भिडियाे कुराकानी हेर्न यहाँ क्लिक गर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको