Like us!
Follow us!
Connect us!
Watch us!

अहिले बेच्ने बेला हुँदै हैन, ढुक्क भई लगानी गर्नुस् : ज्ञानेन्द्रलाल प्रधान

अर्थ संसार टक

आइतबार, ३१ बैशाख २०८०, १२ : २७ मा प्रकाशित

सेयर बजारले अहिले सबैलाई अत्याएकोमा एकदम सहमत छन् उर्जा उद्यमी एवमं नेपालका पुराना ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान । सेयर बजारलाई अर्थतन्त्रको पहिलो अङ्गको संज्ञा दिन्छन् उनी ।

सेयर बजारको अहिलेको गिरावटको जिम्मेवार राष्ट्र बैंक रहेको उनी बताउँछन् । अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले भने, "बजार अझै सम्हालिने देखिएको छैन । यसको जिम्मेवार को छ भने, राष्ट बैंक । कुनै पनि यस्तो नीति ल्याउनु हुँदैन जसले बजारलाई बिगार्छ । एउटा लयमा राम्ररी चलिरहेको बजारलाई एक्कासी ४/१२ को नीति लेराएर राष्ट्र बैंकले सेयर बजारलाई बिगार्यो । त्यसैले म पहिलो दोषी राष्ट्र बैंकलाई मान्छु । दोश्रो नेपाल सरकार, अर्थ मन्त्रालय, सेबोन लगायतले गर्नुपर्ने काम समयमा गरेनन् ।"

बजारमा पैसा छैन, राज्यको नीतिले बजार बिगार्यो

राज्यको नीतिहरूले बजारलाई विस्थापित गर्न सहयोग गरेको उनको धारणा छ । अहिलेको अवस्थामा बजारमा पैसा नै नभएको उनी बताउँछन् । नेपालीको पैसा हुण्डीको रूपमा कतार, मलेसिया लगायतमा पसेको उनको अनुमान छ । दोश्रो, बाहिर जाने नेपालीहरू कसैले ५ हजार कसैले १० हजार खल्तीमा हालेर लग्दा पनि त्यो नेपाली पैसा उतै बस्ने र त्यसले गर्दा बजारमा लिक्विडिटी आउन नसक्ने उनले बताए । तेश्रो, बैंकमा जम्मा ५ लाख बोकेर जम्मा गर्न गए पनि धेरै सोधपुछ गरिन्छ त्यसैले राज्यको नीतिले गर्दा सेयर बजार अधोगतीमा गएको उनको तर्क छ ।

आजको दिनमा सेयर बजारमा कतै पनि आत्मविश्वास नरहेको प्रधान बताउँछन् । अहिले सेयर किन्ने बेला भएपनि आत्मविश्वास नहुँदा कसैले सेयर किन्न नसकेका उनले बताए । तत्कालै सेयर बजार धेरै माथि जान सक्ने अवस्था नरहेको उनले बताएका छन् । लङ टर्म कुर्ने गरी लगानी गर्ने अहिले एकदमै सुनौलो अवसर रहेको उनी बताउँछन् । यही प्रसङ्गमा बोल्दै उनले भने, "जेट उड्न मात्रै बाँकी छ, प्यासेन्जर बसिसकेका छन्, ढोका खुल्लै छ, कोही भित्र बाहिर पनि गर्न सक्छन्, अहिले बेच्ने बेला हुँदा हैन अहिले बेच्ने मान्छेले त पछि यति पछुताउनु पर्नेछ, अहिले लगानी गर्ने बेला हो । अहिलेको लगानीमा तपाईँले बैंकमा प्रतिफल पाउनुहुन्छ १० देखि १२ प्रतिशत सेयर बजारमा अलिकति कुर्न सक्नुभयो भने एक वर्षमा ३० देखि ४० प्रतिशत प्रतिफल लिनलाई अहिलेको मार्केट सिनारियोमा केही गाह्रो छैन ।"

आउने बजेटमा राज्यले कन्भिडेन्ट लेराउन सक्नुपर्ने उनी बताउँछन् । राज्यले बजेट मार्फत् सेयर बजारलाई प्रोत्साहन गर्ने नीति लेराएमा फेरि यसलाई बुम हुन कपल अफ मन्थ पनि नलाग्ने उनले बताए ।

कुराकानीकै क्रममा बजार कहिले बढ्ला भन्ने प्रश्नमा लगानीकर्तालाई आश्वस्त पार्दै उनले भने, "म के भन्छु तपाईँ अहिलेको अवस्थामा यदि महँगो ब्याजमा ॠण लिएर सेयर बजारमा लगानी पटक्कै नगर्नुस्, कसैको कतैबाट आम्दानी भइरहेको छ भने त्यो आम्दानीलाई नयाँ उद्योग वा अन्त कतै लगानी गर्नुभन्दा पूँजी बजारमा लगानी गरेभने यसको मल्टिपल एफेक्ट त आउँछ, आउँछ, आउँछ ।"

राकेश झुनझुनवालाका फ्यान ज्ञानेन्द्रलाल प्रधान

राकेश झुनझुनवालालाई सम्झँदै उनले भने, "म त भारतिय लगानीकर्ता राकेश झुनझुनवालाको फ्यान पनि हुँ । उहाँलाई भेट्ने मौका पनि पाएँ । उहाँले के भन्नु हुन्थ्यो भने नेपालको तिम्रो सेयर बजार जुन मैले बुद्धि पुर्याको थिएँ १९९० ज् मा त्यो अवस्थामा छ । तिमीले मलाई फलो गरेउ भने हेर कहाँ पुग्छौ । सेयर किन, बेच्ने कम गर । किन्ने बढी गर, कित्ता थप्दै जाउ । उहाँको यस भनाईलाई मान्दै म अरु लगानीकर्तालाई पनि यही आग्रह गर्दछु ।"

अर्थ संसार टकका लागि अर्थ संसारका प्रधान सम्पादक लिलानाथ घिमिरेले ज्ञानेन्द्रलाल प्रधानसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको