Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिले सेयर बजारलाई ड्राइभ गरिरहेछ : दिनेश हुमागाँई

अर्थ संसार टक

शुक्रबार, ०५ फागुन २०७९, ११ : २२ मा प्रकाशित

राजनीतिले सेयर बजारलाई ड्राइभ गरिरहेको सेयर लगानीकर्ता दिनेश हुमागाँई बताउँछन् । अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

पछिल्लो परिवेशमा सरकार अस्थिर भए सेयर बजार घट्ने सरकार स्थायित्व भए सेयर बजार बढ्ने गरेको बताउँदै उनले राजनीतिक घटना क्रमले लगानीकर्ताको मनोबल निर्धारण गरेको र समग्र सेयर बजार प्रभावित हुने बताए । 

सरकारले लगानीकर्ताहरूलाई आफ्नो लगानी सुरक्षित रहेको विश्वास दिलाउन नसकेको उनको गुनासो छ । साथै स्वयंम कम्पनीहरूलाई पनि कुन रूपमा नियमन गर्नुपर्ने त्यस प्रकारकाे नियमन नभएकाे उनी बताउँछन् । 

अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेको भन्दै बजार बढाएर सोझा लगानीकर्ताहरूलाई फसाइएको उनको आरोप छ । अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेको भनी प्रचारबाजी गर्दा अर्थतन्त्र सप्रियो भनेर लगानीकर्ताहरूले बजारमा पैसा लगानी गरेका र पछि बजार पुरानै लयमा पुन: घट्न थालेपछि साेझासाझा लगानीकर्ताकाे लगानी फसेकाे उनले बताए । यस्ता प्रकारका चलखेल राेक्न नियामक निकायले वविशेष भूमिका खेल्नुपर्ने उनकाे सुझाव छ

उनीसँग गरिएकाे भिडियाे कुराकानी हेर्न यहाँ क्लिक गर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको