Like us!
Follow us!
Connect us!
Watch us!

अवैध मोबाइल अब निस्तेज हुने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

पत्रपत्रिका

आइतबार, २७ असार २०७८, ०७ : २९ मा प्रकाशित

अवैध मोबाइल अब निस्तेज हुने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल  दूरसञ्चार सेवामा प्रयोग  गर्न  नमिल्ने  बनाउने  तयारी  अन्तिम चरणमा  पुगेको  छ । नेपाल दूरसञ्चार  प्राधिकरणले  यसका  लागि सफ्टवेयर जडान  गरिसकेको  छ । साउन १ देखि  प्रारम्भिक  रूपमै  भए  पनि यसरी अवैध प्रयोगका मोबाइल पहिचान गर्ने काम सुरु गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

करिब पाँच वर्षको  प्रयत्नपछि मोबाइल  संयन्त्र  व्यवस्थापन  प्रणाली  मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को परीक्षणको प्रयोगमा प्राधिकरण  जुटेको  छ । यद्यपि यसका लागि आवश्यक  हार्डवेयर नेपाल आइनसकेकाले  यसको  पूर्ण  कार्यान्वयन  भने  अझै  केही  महिना  हुने छैन ।

प्राधिकरणका  अनुसार  साउन  १  पछि  हाल  जडान  गरिएको  एमडीएमएसको सफ्टवेयरले  नेपालमा  अहिलेसम्म  प्रयोग भइरहेका  वैध  र  अवैध  मोबाइल चिन्नेछ । सफ्टवेयरले वैध मोबाइललाई   श्वेत   सूची (ह्वाइट  लिस्ट)  र  अवैधलाई  कालोसूची  (ब्ल्याक लिस्ट) मा राख्नेछ । साउन १ अघि प्रयोगमा रहेका र कालोसूचीमा परेका मोबाइललाई भने ह्वाइट  लिस्टमा  रूपान्तरण  गरिने  अध्यक्ष  खनालले  जानकारी  दिए ।

विदेशमा रहेका नेपालीले  उपहारस्वरूप नेपालमा मोबाइल ल्याउने प्रचलन बढ्दो छ । यसरी  व्यक्ति प्रयोजनका लागि बर्सेनि  हजारौँ मोबाइल भित्रिने गर्छन् । सीमा  क्षेत्रस्थित  भारतिय बजारबाट समेत  सहजै मोबाइल खरिद गरेर ल्याउने प्रचलन छ । यस्तोमा साउन १ पछि विदेशबाट ल्याएका मोबाइल बन्द हुन्छन् भन्ने डर पनि देखिन्छ । डर मान्नुपर्दैन, त्यो अफवाह मात्र होध्र त्यसरी उपहारस्वरूप प्राप्त मोबाइल र भारतबाट खरिद गरी ल्याइएका मोबाइल नेपालमा दर्ता भने गर्नुपर्छ । 

एक व्यक्तिले आफूले प्रयोग गरेको बाहेक थप एउटा मात्र मोबाइल भन्सार नतिरी ल्याउन सक्ने सुविधा रहेकाले त्यसभन्दा बढी मोबाइल साथमा ल्याएमा भने भन्सार तिर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै  भारतीय सीमा क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा मोबाइल खरिद बिक्री हुने भएकाले त्यस्तो अवस्थामा पनि भन्सारकै कानुन लागू हुने प्राधिकरण अध्यक्ष खनालले बताए ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको