Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीको महँगा मोबाइल मोह - ६ महिनामै १६ अर्बको आयात

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, ११ : १८ मा प्रकाशित

नेपालीको महँगा मोबाइल मोह - ६ महिनामै १६ अर्बको आयात

नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि माग र आपूर्ति चुलिंदो छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनासम्ममा १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार भन्सार मूल्यका ११ लाख ११ हजार ५५६ वटा मोबाइल भित्रिएका छन् । उक्त मूल्यको ११ लाख १० हजार ५३० वटा स्मार्टफोन आयात भएर आएको तथ्यांकमा उल्लेख छ ।

यी मोबाइल आयातबाट सरकारले ३ अर्ब ११ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा १५ अर्ब ५ करोड २७ लाख ९३ हजार रुपैयाँको १० लाख १५ हजार २८६ वटा स्मार्टफोन आयात भएको थियो । 

यो ६ महिनाभित्रमा करिव ५० वटा देशबाट स्मार्टफोन आयात भएका छन् । नेपालमा चिनियाँ र भारतीय ब्रान्डका स्मार्टफोन सबैभन्दा धेरै आयात हुने गरेको विभागको तथ्याकंले देखाएको छ । 

६ महिनामा चीनबाट ८ लाख ५९ हजार ४२५ र भारतबाट २ लाख ४८ हजार १७१ वटा स्मार्टफोन आयात भएका छन् ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको