Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले ल्यायो “फण्ड ट्रान्सफरमा हरेक हप्ता माेबाइल फाेन हातमा” अफर

अर्थ संसार

शुक्रबार, २२ भदौ २०८०, १२ : २३ मा प्रकाशित

एनआईसी एशिया बैंकले ल्यायो “फण्ड ट्रान्सफरमा हरेक हप्ता माेबाइल फाेन हातमा” अफर

एनआईसी एशिया बैंकले ConnectIPS सँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग (MoBank) ग्राहकहरुका लागि “Fund Transfer मा हरेक हप्ता Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैकिङ्ग ग्राहकहरूले यस बैंकको मोबाइल बैकिङ्ग (MoBank) एप प्रयोग गरी connectIPS मार्फत Fund Transfer गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

भाद्र १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिनेछ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

Fund Transfer गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा (MoBank) एपमा login गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको Fund Transfer अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी Fund Transfer गर्दा connectIPS मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । Fund Transfer तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढी मोवाइल बैंकिङ्ग ग्राहकहरुले MoBank एप प्रयोग गरिरहेकाे छ भने मोवाइल बैकिङ्गमा रहेको connectIPS मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म Transfer गर्न सकिन्छ । 

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको