Like us!
Follow us!
Connect us!
Watch us!

प्रयास नेपालको २० औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १५ : १८ मा प्रकाशित

प्रयास नेपालको २० औं वार्षिक साधारणसभा सम्पन्न

सामाजिक न्याय सहितको समतामूलक समाज निर्माण गर्ने उद्देश्यले स्थापना भएको गैर सरकारी संस्था प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपालको २० औं वार्षिक साधारसभा सम्पन्न भएकोछ ।

प्रयास नेपालले विपन्न समुदायको दिगो जिविकोपार्जन, समुदायका लक्षित वर्गलाई स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा लगायतको क्षेत्रमा परियोजना सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्य, कृषि, महिला तथा बालबालिका, सिमान्तकृत समुदाय, लैंगिक समानता र सुशासनका क्षेत्रमा पनि संस्थाले कार्यक्रमहरु सञ्चालन गरिरहेको कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

संस्थाको विहिवार सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/०७८ सम्म सम्पन्न भएका कार्यक्रमहरुको समिक्षा गरेको थियो भने आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रमहरु तयार गरेको छ ।

संस्थाका अध्यक्ष रेष्टन कँडेलको अध्यक्षतामा भएको साधारणसभाले संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।साधारणसभाको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष एकराज छत्कुलीले नेपालका तिनै तहका सरकारले गैर सरकारी संस्थालाई सत्रुतापूर्ण व्यवहार गरिरहेको गुनासो गर्नुभयो । विदेसबाट दाताहरुलाई खुशी पार्दै सामाजिक विकासको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुलाई साझेदार संस्थाको रुपमा स्वीकार गर्न नसक्नु दुर्भाग्यपूण रहेको छत्कुलीको भनाई थियो ।

त्यसैगरि कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले स्थानीय सरकारहरुले गैरसरकारी संस्थाहरुको योगदानको कदर गर्न नसकेको बताउनुभयो । अध्यक्ष शर्माले स्थानीय तहले गैरसरकारी संस्थालाई साझेदार भन्दापनि प्रतिस्पर्धि संस्थाको रुपमा लिंदा समाज रुपान्तरणमा समस्या आएको धारणा राख्नुभयो । गैर सरकारी संस्थाहरुले पनि आफूले सञ्चालन गरेका परियोजनाहरुको दिगोपनामा ध्यान दिन नसकेकोले परियोजना सम्पन्न भएपछि जनताको जीवनस्तर पहिले जस्तै बन्न गएको बताउनुभयो ।

साधारणसभामा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, प्रयास नेपालका पूर्व अध्यक्ष सविता अर्याल लगायतले साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो । साधारणसभाको अवसरमा संस्थामा रहि वर्षभरिमा उत्कृष्ठ कार्य सम्पादन गर्ने सदस्य र कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।
सर्वको सर्वोत्कृष्ठ कर्मचारीको रुपमा लेखापाल राजन रिजार सम्मानित हुनुभएको छ ।

61163d2e0c526.jpg 61163d31db8d7.jpg 61163d357d0e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको