Like us!
Follow us!
Connect us!
Watch us!

अनिश्चितकालका लागि खाडी मुलुकको श्रम स्वीकृति स्थगित

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, १६ : ४७ मा प्रकाशित

अनिश्चितकालका लागि खाडी मुलुकको श्रम स्वीकृति स्थगित

मध्यपूर्वमा बढ्दो युद्धजन्य परिस्थितिलाई ध्यानमा राख्दै सरकारले खाडी तथा प्रभावित देशतर्फ जाने नेपाली कामदारका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ। इजरायल, अमेरिका र इरान बीच चर्किएको द्वन्द्वका कारण क्षेत्रीय सुरक्षा जोखिम बढेपछि श्रम स्वीकृति प्रक्रिया रोकिने निर्णय गरिएको हो।

पछिल्ला दिनहरूमा इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य संरचनामाथि जवाफी आक्रमण सुरु गरेपछि अवस्था थप जटिल बन्दै गएको सरकारी अधिकारीहरूले बताएका छन्। सरकारका अनुसार विशेषगरी युनाइटेड अरब इमिरेट्स, कतार, ओमान र कुवेत लगायतका मुलुकमा उच्च सतर्कता अपनाइएकाले त्यहाँ कार्यरत तथा जान लागेका नेपाली श्रमिकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अर्को सूचना जारी नभएसम्म ती देशतर्फ श्रम स्वीकृति नदिने स्पष्ट पारेको छ। यस निर्णयका कारण वैदेशिक रोजगारीका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेका तथा उडानको तयारीमा रहेका कामदारहरू प्रभावित भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको