Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआईसी इन्स्योरेन्सको करिब ४ हजार कित्ता संस्थाप सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०४ फागुन २०८२, ०९ : ०० मा प्रकाशित

सानिमा जिआईसी इन्स्योरेन्सको करिब ४ हजार कित्ता संस्थाप सेयर बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ३ हजार ९१६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयर बिक्रिमा राखेकाे छ । कम्पनीले हाल विद्यमान सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । 

उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयरको मूल्य समेत खुलाई काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य योग्य गैर संस्थापकलाई सो सेयर बिक्री गर्न आवश्यक कारवाही प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको