नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार ३ वटा लघुवित्तसहित ६ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
शुक्रबार सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने २५ लाख १५ हजार ६१६ कित्ता बोनस सेयर, स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने ११ लाख १७ हजार ९१.२७४३ कित्ता बोनस सेयर, स्वावलम्बन लघुवित्तको ५.६३६५ प्रतिशतले हुन आउने ९ लाख ३३ हजार ७५० कित्ता बोनस सेयर र छिमेक लघुवित्तको १२.५ प्रतिशतले हुन आउने ४० लाख १९ हजार १८२.३३५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
साथै, सिक्लेस हाइड्रोको १५ प्रतिशतले हुन आउने १३ लाख ७५ हजार कित्ता र सर्वोत्तम सिमेन्टको ५ प्रतिशतले हुन आउने २४ लाख ८७ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । सूचीकृत सेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबारका लागि आउनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस