Like us!
Follow us!
Connect us!
Watch us!

२३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार साढे १४ अर्बभन्दा बढी

अर्थ संसार

विहीबार, २८ फागुन २०८२, १५ : ०२ मा प्रकाशित

२३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार साढे १४ अर्बभन्दा बढी

साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ को बन्द पुगेको छ। आज १४ अर्ब ५५ करोडको सेयर कारोबार भएको छ।

आज १० वटा उपसूचकमा हरियाली छाउँदा ३ वटा उपसूचक भने राताम्य भएका छन् । आज होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य इन्डेक्स घट्दा बाँकी १० उपसूचक भने बढेका छन्।

आज बैंकिङ उपसूचक सबैभन्दा धेरै २.०२ प्रतिशतले बढेको छ। १९ वटै वाणिज्य बैंकको सेयरमूल्य बढ्न पुगेको छ। त्यस्तै विकास बैंक उपसूचक पनि १.२८ प्रतिशतले बढ्दा १२ विकास बैंकको सेयरमूल्य बढेको छ भने ४ विकास बैंकको सेयरमूल्य घट्न पुगेको छ।   आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको