Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी

शनिबार, २७ जेठ २०७४, ०९ : ३४ मा प्रकाशित

पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी

अर्थ संसार, पोखरा–पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो । 

त्यस्तै, तीन दलित तथा अल्पसङ्ख्यकमा एमालेकै चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल विजयी हुनुभएको छ । तेत्तीस वडा रहेको महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य गरी १६७ मतदाता थिए । 

गत वैशाख ३१ गते भएको निर्वाचनमा एमालेको पक्षमा ११९ र नेपाली काँग्रेसको पक्षमा ४८ मत रहेको देखिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको