Like us!
Follow us!
Connect us!
Watch us!

विराटनगर महानगर र दुई उपमहानगरमा एमालेका उम्मेदवार तय

शनिबार, २७ जेठ २०७४, २० : १७ मा प्रकाशित

विराटनगर महानगर र दुई उपमहानगरमा एमालेका उम्मेदवार तय

अर्थ संसार,काठमाडौँ– नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि विराटनगर महानगरपालिकासहित दुई उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ । 

पार्टीले विराटनगर महानगरपालिका प्रमुखमा मोरङका जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा परिस्थितिको विश्लेषण र स्थानीय राय–सल्लाहका आधारमा निर्णय गर्ने अधिकार प्रदेश नं १ का संयोजक भीम आचार्यलाई दिएको छ । 

यस्तै धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारी तथा इटहरी उपमहानगरपालिका प्रमुखमा द्वारिकलाल चौधरी र उपप्रमुखमा लक्ष्मी गौतमलाई उम्मेदवारी दिने निर्णय गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको