Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको घटाई स्वभाविक होइन, नियामकको निकम्मापनले निम्त्याएको परिणाम हो

लगानीकर्ताको आवाज

बुधबार, ०६ असोज २०७८, १० : ५९ मा प्रकाशित

नेपालको सेयर बजारमा अहिले आएको गिरावट स्वभाविक करेक्सन नभई नियामक निकायहरुको निकम्मापनले आएको बताउँछिन् नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल ।

अहिलेको बजारमा यस्तो करेक्सन आउनुको प्रमुख कारण भनेको धितोपत्र बोर्डले निष्कासन गरेको ५१ वटा कम्पनीहरुको नामावली सहितको खण्डकाब्य, मौद्रिक निति मार्फत सेयर कर्जामा लगाइएको १२ करोडकाो क्याप र बजारमा बढ्दो ब्याजदर रहेको उनको बुझाई छ । 

अहिले सेयर बजारमा लगानीकर्ताहरु यस्तो प्यानिक अवस्थामा हुँदा समेत लगानीकर्ताका संघ संगठनहरु किन मौन भन्ने प्रश्नमा पोख्रलेले आँफु धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको नामावलीसहित निकालेको खण्डकाव्य सहितको विज्ञप्ती पछि नै निरन्तर वार्ताको माध्यामबाट नियामक निकायहरुले दवाव दिइरहेको बताईन् । “सबैको दवाव दिने शैलिी एकै नहुन सक्छ लगानीकर्ता साथीहरुको एक समूह आन्दोलनको माध्यमबाट दवाव दिइरहनुभएको छ जसमा मेरो र मेरो संस्थाको पनि पुर्ण समर्थन पनि छ तर बजारमा भनिए जसरी आफु लगानीकर्ताहरु प्यानिक भएको अवस्थामा चुपचाप बसेको नभई निरन्तर नियामक निकायहरुलाई खवरदारी गरिरहेको छु” उनले भनिन् ।

पछिल्लो समय लगानीकर्ता संघ संगठनहरुकाबीचमा मनमुटाव देखिएको कुरालाई स्विकार गर्दे उनले आफु विज्ञप्तीबाजीमा भन्दा पनि काममा विश्वास गर्ने हुनाले अहिले विज्ञप्तीमा भन्दा पनि काममा लागरिहेको उनको तर्क छ । 

आफु सेयर बजारका विषयमा सम्बन्धीत निकायहरुसंग निरन्तर छलफल गरिरहेको भन्दै नियामक निकायहरुले गर्नुपर्ने काम गर्नुभन्दा पनि नगर्नूपर्ने काम गरिरहेको आरोप उनको छ । पहिले नै लगानीकर्ताहरुसँग पुर्व अर्थमन्त्री युवराज खतिवडाको पालामा राखिएका ५८ बुँदेमागहरु सम्बोधन मात्र गरिदिने हो  भने पनि अहिलेको बजारका ९० प्रतिशत समस्याहरु समाधान हुने बताउँछिन् उनी । 

कुनै निकायका प्रमुखहरुको राजिनामा माग्नु भन्दा पनि बजारको स्थायित्व र विकास नै लगानीकर्ताहरुको प्रमुख माग हुनुपर्ने उनको तर्क छ । जुन निकायमा जो व्यक्ति आएपनि उ बजारप्रति सकारात्मक हुनुपर्यो बजारको विकासमा लाग्नुपर्यो भन्ने मात्र हाम्रो माग हो । 

”हामीहरुले अहिलेसम्म कहिल्यै पनि बजार घट्यो बजार बढाईदिनु पर्यो भनेर आन्दोलन गरेका छैनाैँ र गर्दा पनि गर्दैनौँ हाम्रो माग त के हो भने बजारलाई स्वतन्त्र छोडिदिनु पर्यो बजारको बढाई र घटाई प्राकृतिक हुनुपर्यो कसैले आफ्नो र आफ्नो समूहका लागि प्रायोजित रुपमा बजार बढाउन र घटाउन लाग्नु भएन भन्ने मात्र हो“ उनले भनिन् ।

अहिले पनि साना लगानीकर्ताहरुले मात्र बजार धान्न सक्ने अवस्था छैन तर पनि पहिले जस्तो केही ब्रोकर र केही ठुला लगानीकर्ताहरु कै कारण बजार घट्ने बढ्ने अवस्था भने अहिले छैन नेपालको पुँजीबजारमा अहिले धेरै नयाँ लगानीकर्ताहरु प्रवेश गरेका छन् । यदि सम्बन्धीत निकायले लगानीमैत्री वातावरण र्सिजना गर्न सक्ने हो भने अझै पनि छोटाे समयमा नै नेपालको पुँजी बजारमा धेरै विकास हुन सक्ने उनको अनुमान छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको