Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण कोरियाले पोखराको स्मार्ट यातायातमा सहयोग गर्ने

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, ०७ : ३८ मा प्रकाशित

दक्षिण कोरियाले पोखराको स्मार्ट यातायातमा सहयोग गर्ने

पोखराको यातायात व्यवस्था अस्तव्यस्त छ । दुई वर्ष पहिले यातायातलाई चुस्त बनाउनका लागि पोखरा महानगरले मेट्रो कार्डको अवधारणा ल्याएको थियो । पोखरा यातायातसँग मिलेर बनाइएको उक्त कार्ड कार्यान्वयन नहुँदै हरायो ।

त्यसैले दक्षिण कोरियाले पोखराको यातायातलाई व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । पोखरा घुम्न आएका नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले पोखरासँग आफूहरूको पुरानो सम्बन्ध भएको बताउँदै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सुकसँग गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहयोगको प्रस्ताव राखेका थिए । पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको भन्दै उनले स्मार्ट यातायात संचालनबारे चासो राखेका थिए । पोखराले दक्षिण कोरियाका दुईवटा शहरसँग भगिनी सम्बन्ध गाँसेको छ ।

मुख्यमन्त्री पोखरेलले नेपाल र गण्डकी प्रदेशका पनि हजारौँ युवाहरूले रोजगारीका लागि दक्षिण कोरिया रोज्ने गरेको भन्दै प्रविधि सिक्न दक्षिण कोरिया आफ्ना लागि उपयुक्त अवसर भएको बताए । ‘नेपालमा प्रविधिको विकास तथा विस्तारमा दक्षिण कोरियाको सहयोग अपरिहार्य छ । शिक्षा, स्वास्थ्य र ग्रामीण विकासमा हामी केही गर्न र सिक्न चाहन्छौँ’, उनले भने, ‘अहिलेसम्म धेरै काम भएका छन् । अझै धेरै गर्न बाँकी छ ।’

दिगो विकास लक्ष्य हासिल गर्नका लागि एकीकृत प्रादेशिक तथ्यांक तयार पार्ने, स्थानीय तहलाई सूचक तथा प्राथमिकता तय गर्न सघाउने, अनुगमनले कमजोर देखिएका क्षेत्रमा सुधारका लागि लगानी बढाएको उनले सुनाए ।

दक्षिण कोरियाली राजदूत सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवर्द्धनमा सघाउन तयार रहेको बताए । नेपालका थप युवालाई रोजगारी दिनेबारेमा पनि कोरिया सरकारले योजना बनाइरहेको उनको भनाइ छ ।

प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भवन निर्माणका लागि कोरियाली राजदूतावाससँग सहयोग मागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको